२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अध्यक्ष लिङ्देन झापा–३ बाट सर्वसम्मत सिफारिस



file
अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन झापा क्षेत्र नं ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएको छ ।

राप्रपाले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा भने प्रतिनिधिसभा सदस्यका लागि कसैलाई उम्मेदवार तय गरेको छैन । पार्टीले अन्य निर्वाचन क्षेत्रमा भने उम्मेदवार सिफारिस गरेको छ ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा राप्रपा र एमालेले झापाको निर्वाचन क्षेत्र नं ३ र ५ मा चुनावी तालमेल गरेर उम्मेदवारी दिएका थिए । झापा–३ बाट राप्रपा अध्यक्ष लिङ्देख र निर्वाचन क्षेत्र नं ५ बाट एमाले अध्यक्ष ओली निर्वाचित हुनुभएको थियो ।

यसपालिको निर्वाचनमा पनि ती दुई क्षेत्रमा राप्रपा र एमालेले चुनावी तालेमेल गर्ने अनुमान गरिएको छ ।