२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षागार्ड शेरजंग गुरुङ रिहा



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँग विवाद भएपछि पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ रिहा भएका छन् ।

सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

मन्त्री श्रेष्ठले गुरुङलाई छाडिदिन गृहमन्त्री बालकृष्ण खाँडलाई आग्रह गर्नु भएको थियो । मन्त्री श्रेष्ठको आग्रह पछि गृहमन्त्री खाँडले काठमाडौका प्रमुख जिल्ला अधिकारीलाई गुरुङलाइ छाड्न आदेश दिनु भएपछि उहाँ साधारण तारेखमा रिहा हुनु भएको हो ।