२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानस्थित नेपाली दुतावासमा तीज सकिएको पाँच दिनपछि दर कार्यक्रम



अ+ अ-

काठमाडौ. । हरितालिका तीजको अवसरमा यही भदौ १३ गते सोमबार हिन्दू नारीहरुले दर खाएर १४ गते ब्रत बसे । तर जापानस्थित नेपाली दूतावासमा भने हिजो आइतबार अर्थात १९ गतेसम्म पनि तीज सकिएको थिएन ।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाको जापान भ्रमणको मौका पारेर जापानस्थित नेपालका राजदूत दुर्गाबहादुर सुबेदीले तीजको दर खुवाउनुभयो ।

दर कार्यक्रमको फोटो सामाजिक सञ्जालमा राख्दै राणाले लेख्नुभएको छ, “जापानमा अवस्थित नेपालका राजदूत श्री दुर्गा बहादुर सुबेदीज्यू तथा श्रीमती पूनम सुबेदीज्यूद्वारा तीजको अवसरमा आयोजित नेपाली चेली–बुहारीहरुको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सरीक हुन पाउँदा खुशी लाग्यो ।”