२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवाज अलि ठूलो भयो होला, तर आफ्नो ड्यूटी गर्नैपर्‍यो : शेरजंग गुरुङ



अ+ अ-

काठमाडौँ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा मिलाउँदा ‘गल्ती’ गरेका सुरक्षा गार्ड शेरजंग गुरुङ अहिले प्रहरी हिरासतमा छन् ।

हिरासतमै पुगेर उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भेट गरेका छन् । लामिछानेले भेटघाटको तस्बिर सामाजिक सञ्जालमा पोस्टसमेत गरेका छन् । भेटमा लामिछानेले कानून सबैलाई बराबर हुनुपर्ने भन्दै कानून लागु गरेकामा उनलाई धन्यवाद दिन गएको बताएका छन् ।

भेटमा सुरक्षा गार्ड गुरुङको भनाई उद्धृत गर्दै लेखेका छन्, “गुरुङको छोरो, आवाज अलि ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन ।”

उनले आफूले मन्त्रीलाई नचिनेको समेत बताएका छन् । यद्यपि गुरुङले मन्त्री भएर चिनेकै भए पनि आफ्नो ड्युटी पूरा गरेको बताए । लामिछानेले गुरुङलाई ससम्मान रिहा गर्न माग गरेका छन् ।

लामिछानेले भनेका छन्, “उहाँलाई दण्डित होइन पुरस्कृत गरियोस् । नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानून नमानेको अभियोगमा अनुसन्धान गरियोस् ।”

पर्यटनमन्त्री श्रेष्ठलाई लाइनमा बस्न लगाउँदा उत्पन्न विवादपछि गुरुङलाई पक्राउ गरी हिरासतमा लिइएको थियो ।

फोटो- दिपक बोहोराको फेसबुकबाट