९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कुलमानलाई हरिवंशले भनेः राम्रो मान्छे लैजाँदैछन् भन्ने सुनेको छु, शुभकामना

कुलमानलाई हरिवंशले भनेः राम्रो मान्छे लैजाँदैछन् भन्ने सुनेको छु, शुभकामना
अ अ+ अ-

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले सरकारले अब विद्युतीय सवारीसाधन बाहेकका सवारीसाधन आयात नै गर्न नपाउने नियम अवलम्वन गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्युतीय सवारीको भन्सार घट्यो भने कर्मचारीहरुलाई तलव दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले विद्यतीय सवारीको कर बढाइरहेको बताउनु भयो । उहाँले विद्युतीय सवारीसाधनको कर बढाउँदा आफूले विद्युतीय सवारी चढ्न नपाएको गुनासो गर्नुभयो ।

उहाँले सरकारले विद्युतीय सवारीको कर बढाएकै कारण आफ्नो विद्युतीय सवारी किनेर चढ्ने सपना पूरा हुन नसकेको र घरमा पनि श्रीमतीले हरेक दिन सरकारले भन्सार घटाएन भन्ने प्रश्न गरिरहेको भन्दै व्यंग्य गर्नुभयो । वरिष्ठ कलाकार आचार्यले सरकारले विद्युतीय गाडीको भन्सार घटाइ डिजेल र पेट्रोलको खपतलाई कम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले देश विकासका लागि सरकारले दीर्घकालीन योजना बनाउन आवश्यक रहेको पनि बताउनु भयो । वरिष्ठ कलाकार आचार्यले सार्वजनिक यातायात पूर्णतया विद्युतीयकरण हुनसके मात्रै खर्बौं रकम विदेश जानबाट रोकिने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बिजुली गाडीको कुरा आयो, बिजुली गाडीको कुरा आउँदा मलाई पनि बिवाईडी गाडीले ब्राण्ड एम्बास्डर बनाएको छ । मैले एउटा बिजुली गाडी चढ्ने सपना बनाएको थिएँ । त्यो सपनाको लागि केही रकम मैले बुझाइ पनि सकेको छु र केही रकम सहुलियत पनि दिने वाचा गर्नुभएको छ । तर बजेट भाषणले गर्दा मैले जुन चढ्न पाउने सपना थियो बिजुलीको गाडी त्यो गाडी अहिले आइरहेको छैन । श्रीमतीले मलाई जहिले पनि प्रश्न गर्दछिन् । हजुहरुको गाडी के भयो नआउने भयो ? भन्छिन् । अर्थ मन्त्रालयले त्यसलाई संशोधन गर्छ रे त्यसपछि आउँछ होला भनेको । घरमा गइसकेपछि श्रीमतीले त्यो अर्थमन्त्रीले आज पनि केही कुरा गरेन गाडीको विषयमा ? भनेर सधैँ जसो त्यस्तो प्रश्न गर्दैछिन् । अब हाम्रो देशको आर्थिक अवस्थाले गर्दा गाडीमा यति धेरै ट्याक्स छ । अरु केही बेच्नसक्ने होइन, ट्याक्सबाट मात्रै देश चलेको हुन्छ । बिजुलीको गाडीको ट्याक्स घट्यो भने सायद कर्मचारीलाई तलव दिने पैसा हुँदैन भनेर अर्थमन्त्रीज्यू उहाँको व्यक्ति होइन सरकारले सोचेको होला । त्यसमा ट्याक्स आयो भनेपनि कमसेकम पेट्रोल, डिजेलमा बगेको पैसाको खोलो कम हुन्थ्यो । हामी क्षणिक रुपमा नसोचौँ, दीर्घकालीन रुपमा सोच्ने हो भने अब बिजुलीका गाडी बाहेक अरु गाडी आयात नै गर्न नपाउने नियम अवलम्वन गर्नुपर्दछ । पब्लिक ट्रान्सपोटेशनहरु पूर्ण विद्युतीयकरण हुनुपर्दछ ।’

वरिष्ठ कलाकार आचार्यले नेपालले युवाको उर्जा बेचेर नभइ विद्युतीय उर्जा व्यापार गरेर देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरामा जोड दिनुपर्ने बताउनु भयो । उहाँले नेपालको निर्यात र आयातको स्थिति राजमार्ग हेरेर थाहा हुने व्यंग्य गर्दै देब्रे तिरको बाटो भन्दा दायाँ तिरको बाटोमा खाल्डो पर्ने गरेर निर्यात गर्न जरुरी रहेको बताउनु भयो । उहाँले पछिल्लो समय विद्युतको माध्यमबाट नेपालमा शुभ संकेत देखिन थालेको भन्दै बिजुलीको विकाससँगै नेपालको औद्योगिक विकास पनि शुरु हुने विश्वास पलाएको बताउनु भयो । वरिष्ठ कलाकार आचार्यले देशको विकासका लागि विद्युतको व्यपार बाहेकको विकल्प नरहेको भन्दै ठूला जलविद्युत बनाउनु हुँदैन भन्ने कुराको भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले आफ्नै देशमा भएको विद्युत खपत बढाएर देशलाई संसारको सबैभन्दा विकसित देशको दाँजोमा उभ्याउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी यत्ति धेरै उर्जा निर्यात गर्दछौँ, त्यो उर्जा भनेको युवाहरु हो । दशौं लाख युवाहरुलाई हामीले विदेशमा निर्यात गरेका छौँ । त्यही निर्यात गरेर हामीले हाम्रो अर्थतन्त्रलाई अघि बढाइरहेका छौँ । हाम्रो निर्यात र आयातको स्थिति नेपालको राजमार्गको बाटो हेरेपनि थाहा हुन्छ भन्ने भनाइ छ । कसरी भन्दा देब्रेतिर भासिएको हुन्छ रे, किनभने देब्रे बाटोबाट आउँदा हामो ट्रकहरु भरिभराउ भएर आउँछन्, त्यसको वेटले हाम्रो राजमार्गहरुको एउटा साइट भासिएको हुन्छ । अर्को साइट भासिएको हुँदैन । त्यसबाट खालि ट्रकहरु मात्रै जान्छन् । हामीसँग निर्यात गर्ने चिज एकदम कम छ । हामी कबाडीका सामानहरु निर्यात गर्दछौँ, त्यसबाट सडकलाई खासै धेरै लोड पर्दैन । आयातको कुरा गर्दा नेपालको सुदूरपश्चिम जाऔँ, सुदूरपूर्व जाऔँ, विकट क्षेत्रमा जाउँ, चाइनिज लसुन र स्याउ हुन्छ । अब भने शुभ संकेतहरु देखिन थालेका छन्, बिजुलीको शुभ संकेत देखएिको छ, डाटा हेर्दा निर्माणको गति देखिएको छ । अब हामीसँग पनि निर्यातका लागि केही कुराहरु तयार हुँदैछन् । बिजुलीको विकाससँगै नेपालको औद्योगिक विकास पनि शुरु हुन्छ भन्ने आशा पलाएको छ । आज पनि ठूला जलविद्युत आयोजना बनाउनु हुँदैन भन्ने गाइँगुइँ सुनिन्छ । तपाईहरुले यसमा बोल्दिनुहोस् भन्ने गर्छन् । तर हामीसँग यो भन्दा अर्को विकल्प केही पनि छैनन् । कति दिनसम्म हामीले युवा शक्तिलाई बेचेर बस्ने ? अब हामीले आफ्नै देशमा भएको विद्युत खपत बढाएर आफ्नो देशलाई संसारको सबैभन्दा विकसित देशको दाँजोमा हामी पनि उभिन सकौँ भन्ने कल्पना गर्नुपर्दछ । त्यसको लागि नेतृत्वदायी भुमिका असाध्यै ठूलो हुन्छ ।’

फरक प्रशंगमा उहाँले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति गर्दा अहिले नेपालले विद्युत व्यपार गरिरहेको र उहाँको काम प्रशंसायोग्य रहेको बताउनु भयो । उहाँले विद्युतको क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको भन्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको बताउनु भयो । उहाँले नेकपा (माओवादी केन्द्र) ले काठमाडौंबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इंगित गर्दै राम्रो मान्छेलाई लैजाने भन्ने हल्ला सुनेको छु, भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुलमान सरलाई विद्युत प्राधिकरणमा पुनः नियुक्ति गर्नुपर्छ भनेर फेसबुकमा नै स्टाटस लेखेर राखेका थियौँ । त्यसमा यति धेरै फिडब्याक आयो, उहाँ जस्तो मानिस चाहिन्छ भनेर । राम्रो मान्छेलाई जसले पनि लैजान्छन् । लैजाने रे भन्ने हल्ला पनि सुनेका छौँ हामीले । उहाँलाई शुभकामना ।’

वरिष्ठ कलाकार आचार्यले दशौं लाख युवाहरुलाई हामीले विदेशमा निर्यात गरेर आएको रेमिटेन्सबाट देशको अर्थतन्त्र अघि बढाउने परिपाटीको अन्त्य हुन आवश्यक रहेको बताउनु भयो ।