२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले पनि आजै राष्ट्रपतिसँग भेट गर्दै



file
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुहुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस पदाधिकारीले राष्ट्रपतिसँग भेटेकै दिन ओली पनि राष्ट्रपति भेट्न उहाँको शीतल निवास जान लाग्नुभएको हो ।

कांग्रेस नेताहरूसँगको छलफलपछि आजै साँझ ५ बजे राष्ट्रपतिले अध्यक्ष ओलीसँग भेट्ने तय भएको बताइएको छ ।

नागरिकतासम्बन्धी विधेयक पुनरावलोकनका लागि प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको राष्ट्रपति भण्डारीले पछिल्लो केही दिनयता छलफललाई तिव्रता दिनुभएको छ ।

राष्ट्रपतिले परिमार्जनका लागि फिर्ता पठाएको विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएर राष्ट्रियसभामा पुगेको छ भने राष्ट्रियसभाले उक्त विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

यसै सन्दर्भमा आज सोमबार राष्ट्रपति भण्डारीले कांग्रेस नेताहरूसँग छलफल गर्नुभएको हो ।