११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

अस्वीकृत भइसकेको संशोधनबारे छलफल गर्नु उपयुक्त हुँदैन: गृहमन्त्री खाँण

अस्वीकृत भइसकेको संशोधनबारे छलफल गर्नु उपयुक्त हुँदैन:  गृहमन्त्री खाँण
अ अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकमा अस्वीकृत भइसकेको संशोधनबारे छलफल गर्न उपयुक्त नहुने बताउनुभएको छ ।

विधायन व्यवस्थापन समितिमा सोमबार भएको छलफलमा उहाँले नागरिकता विधेयक स्वीकृत गर्दा अस्वीकृत भइसकेको संशोधनमा छलफल गरिरहनु उपयुक्त नहुने बताउनुभएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नागरिकता विधेयकबारे सरकारको धारणा आएपछि आफूहरुलाई सहज हुने बताएका थिए ।

राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले अहिले फिर्ता आइसकेपछि पहिले हालेको संशोधन के हुन्छ भनी प्रश्न गर्दै छलफल गर्न मिल्छ भने संशोधनकर्तालाई बोलाउनुपर्ने बताउनुभयो ।

गृहमन्त्री खाँणले राष्ट्रपतिको पत्रको सम्मान गरेको बताउनुभयो । उहाँले हाम्रो संसदीय अभ्यासमा विधेयक प्रमाणीकरणका लागि पठाएपछि संदेशसहित फिर्ता आउनु स्वाभाविक प्रक्रिया भएको भन्दै यसैलाई सरकारले सम्मान गर्न चाहेको बताउनुभयो ।

उहाँले नागरिकता विधेयक स्वीकृत गर्दा अस्वीकृत भइसहेको संशोधनमाथि छलफल नहुने बताउनुभयो । उहाँले राष्ट्रपतिले पठाएको सन्देशमाथि नै छलफल गर्न उपयुक्त हुने धारणा राख्नुभयो ।

फोटो- रासस