• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   लमजुङ पहिरो अपडेट: बेपत्ता वृद्धको शव भेटियो ★   ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते ★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार

ला लिगाः बेन्जेमा चम्किँदा रियल विजयी, बार्सिलोनाको सानदार जित



एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा रियलले इस्पान्योललाई उसकै मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

रियललाई जित दिलाउन करिम बेन्जेमाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरे । इस्पान्योलका जोसेलुले एक गोल फर्काए ।

रियलले खेलको शुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राख्दै १२औं मिनेटमा गोल गर्न सफल भएको थियो । जुनियरले औरेलिएन चुआमेनीको पासमा गोल गरे । ४३औं मिनेटमा जोसेलुले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ८८औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए । उनलाई रोड्रिगोले पास उपलब्ध गराएका थिए ।

इन्जुरी समयको थप गरिएको छैटौं मिनेटमा घरेलु टोली इस्पान्योल १० खेलाडीमा समेटिन पुग्यो । ड्यानियल सेवालोसलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै गोलरक्षक बेन्जामिन लिकोम्टेलाई सिधै रातो कार्ड दिएका थिए । त्यसमै प्राप्त फ्रिकिकमा बेन्जेमाले उत्कृष्ट गोल गरे ।

जितसँगै रियल ३ खेलमा ३ जितसहित नौ अंकका साथ शीर्षस्थानमा रहेको छ । उता, १ अंकसहित इस्पान्योल १६ औं स्थानमा छ ।

यस्तै आइतबार राति नै भएको अर्को खेलमा क्याटलान क्लब बार्सिलोनाले सहज जित निकालेको छ । बार्सिलोनाले भाल्लाडोलिडलाई ४–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई तथा पेड्री र सर्जि रोबर्टोले एक–एक गोल गरे ।

खेलको २४औं मिनेटमा लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । उनले राफिन्हाको पासमा गोल गरेका हुन् । ४३औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । उनलाई ओस्माने डेम्बेलेले पास उपलब्ध गराएका थिए ।

६४औं मिनेटमा लेवान्डोस्कीले डेम्बेलेक पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज जित दिलाए ।

बार्सिलोना तीन खेलबाट ७ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । पराजित भाल्लाडोलिड १ अंक जोडेर १९औं स्थानमा रहेको छ ।