४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र पाकिस्तानबीचको महाभिडन्त आज



अ+ अ-

एजेन्सी । एसिया कप अन्तर्गत भारत र पाकिस्तानबीचको दोस्रो खेल आज आइतबार दुबईमा हुँदैछ । यो खेल नेपाली समयानुसार ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।

दस महिनापछि दुवै देश आमनेसामने हुनेछन् । यसअघि दुवैले २४ अक्टोबर २०२१ मा भएको टी–२० विश्वकपमा यसै मैदानमा खेलेका थिए जसमा पाकिस्तान १० विकेटले विजयी भएको थियो ।

दुवै टोली एसिया कपको उपाधि जित्ने प्रबल दावेदार हुन् । यो खेल जित्ने टोलीले उपाधितर्फ एक कदम अगाडि बढ्नेछ । दुवै टोलीका प्रमुख बलर चोटका कारण बाहिर छन् ।

पछिल्लो पटक दुई टोली आमनेसामने हुँदा विराट कोहली भारतका कप्तान थिए । उनले टी–२० विश्वकपअघि नै प्रतियोगितापछि टी–२० कप्तानी छाड्ने बताएका थिए । उनका लागि कप्तानको रूपमा पाकिस्तानविरुद्धको अन्तिम खेल बिर्सने खालको थियो ।

विश्वकपमा भारत पहिलो पटक पाकिस्तानसँग पराजित भएको थियो । प्रतियोगितापछि रोहित शर्मा नियमित कप्तान बनेका छन् । पाकिस्तानसँग बदला लिने जिम्मेवारी उनै रोहितको काँधमा छ ।

भारतको सम्भावित सुरुवाती – ११
रोहित शर्मा (कप्तान), केएल राहुल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकीपर), हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अश्विनरअवेश खान, भुवनेश्वर कुमार, अर्शदीप सिंह, युजवेन्द्र चहल ।

पाकिस्तानको सम्भावित सुरुवाती – ११
बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकीपर), फखर जमान, इफ्तिखार अहमद, आसिफ अली, खुशदिल शाह, शादाब खान, मोहम्मद नवाज, नसीम शाह, हरिस रौफ, शाहनवाज दहनी ।