२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कला र संस्कृतिबिना देशको पहिचान हुन सक्दैनः अभिनेता गोविन्दा



अ+ अ-

काठमाडौँ । भारतीय अभिनेता गोविन्दाले कला र संस्कृतिबिना देशको पहिचान हुन नसक्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित सुपर डान्सर नेपाल प्रतियोगिताको बारेमा जानकारी गराउन आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अभिनेता गोविन्दाले दर्शकलहरुले कलाकारलाइ सधैँ साथ दिनुपर्ने बताउनु भयो ।

उहाँले नेपालसँग आफ्नो प्रेम धर्मपत्नीको माध्यमबाट जुरेको बताउनु भयो । उहाँले हरेक मानिसले आफूले गरेको कामलाई यादगार बनाउने हिसावबाट अघि बढाउन आवश्यक रहेको पनि बताउनु भयो । कला संसारको अभिन्न अंग भएको बताउँदै अभिनेता गोविन्दाले कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध बन्ने बताउनु भयो ।

उहाँले कलाकारहरुले व्यापार,व्यवसायसँगै जोडिएर कमाइ गर्ने भएकोले कलाकारकाक धनदाता मातापिता उद्योगी,व्यपारीहरु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दर्शकलहरुले कलाकारलाइ सधैँ साथ दिनुपर्छ । नेपाल संस्कृतिको माध्यमबाट संसारसँग जोडियोस् । नेपालसँगको प्रेम मलाई मेरी धर्मपत्नीको माध्यमबाट मिलेको हो । जो काम हामी गर्छौं त्यो काम मानिसले याद गर्ने किसिमको होस् । कला संसारको अभिन्न अंग हो । नयाँ विचारहरुले भरिएको हुन्छ । कला र संस्कृतिसँग जोडिएको व्यापारले देश समृद्ध हुन्छ । पैसा भएर पनि पहिचान हुँदैन । तर कला यस्तो चिज हो जसले दुवै दिन्छ ।’

भुषण दाहालले निर्देशन गर्ने सुपर डान्सर नेपाल शोको निर्णायकका रुपमा भाग लिन गोविन्दा नेपाल आउनुभएको हो । चार देखि १४ वर्ष उमेर समूहका बालबालिकाबीच प्रतिष्पर्धा हुने यो रियालिटी शोको निर्णायकमा कलाकार भुवन केसी, जसिता गुरुङ र सुरेन्द्र राई रहनुभएको छ ।