९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

सामाजिक सुरक्षा कोषबाट के कस्ता प्रयोजनको लागि रकम सापटी लिन मिल्छ ?

सामाजिक सुरक्षा कोषबाट के कस्ता प्रयोजनको लागि रकम सापटी लिन मिल्छ ?
अ अ+ अ-

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताले रु दुई करोड बढी विशेष सापटी लिएका छन् । कोषले ३६ महिना योगदान गरेका योगदानकर्तालाई एक साताअघिदेखि विशेष सापटी प्रदान गर्न थालेको थियो । विशेष सापटी लिनेमा सबैभन्दा बढी मोरङका योगदानकर्ता छन् । यसबीचमा ८० बढी योगदानकर्ताले विशेष सापटी लिएको कोषले जनाएको छ ।

कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको रकमको ८० प्रतिशत विशेष सापटी लिन सक्नेछन् । सामाजिक सुरक्षा कोषमा श्रमिकका तर्फबाट ११ प्रतिशत र रोजगारदाताका तर्फबाट २० प्रतिशत गरी श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत जम्मा गर्नुपर्ने व्यववस्था छ । तीनवर्ष योगदान गरेका करिब ७०० जना विशेष सापटीका लागि योग्य देखिएका छन् ।

कोषमा प्राप्त श्रमिकको आधारभूत परिश्रमिकको ३१ प्रतिशत रकमलाई विभिन्न चार योजनामा बाँडिएको छ । एक प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १।४ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा योजना, ०.२७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना तथा २८.३३ प्रतिशतलाई वृद्धावस्था सुरक्षा योजनाका लागि छुट्याइएको छ ।

वृद्धावस्था सुरक्षा योजनाका लागि छुट्याइएको २८.३३ प्रतिशतलाई ‘ब्रेक डाउन’ गरी निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश योजनामा ८.३३ प्रतिशत रकम जम्मा गर्ने गरिएको छ । अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशत योगदानकर्ताले विशेष सापटीका रुपमा पाउने व्यवस्था गरिएको छ ।

विसं २०७८ असार मसान्त अगाडि कोषमा सूचीकृत भएका योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने २८.३३ प्रतिशत रकमको ८० प्रतिशत नै विशेष सापटी पाउनेछन् । विसं २०७८ साउनदेखि योगदान गरिरहेका योगदानकर्ताले भने अवकाश योजनाअन्तर्गत जम्मा भएको ८.३३ प्रतिशत रकमको ८० प्रतिशत सापटी पाउने कोषले जनाएको छ । कोषले विशेष सापटी रकममा आठ प्रतिशत व्याज लिने गरेको छ ।

योगदानकर्ताले कोषबाट विशेष सापटी, घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी लिन सक्नेछन् । विशेष सापटीका लागि अनलाइनबाटै आवेदन दिन सकिने कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो ।

तीन वर्ष लगातार कोषमा योगदान गरिरहेका र उमेर वा सेवा अवधिका कारण अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताले घर तथा शैक्षिक सापटी प्राप्त गर्न सक्नेछन् । नयाँ घर निर्माण गर्न, आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्न योगदानकर्ताले कोषबाट सापटी लिन पाउने छन् ।

धितो मूल्याङ्कनबाट कायम भएको रकममा बढ्ने गरी रु ७५ लाख, योगदानकर्ताको १५ वर्षको तलब वा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलब जुन कम हुन्छ सोही बराबर घर सापटी प्रदान गर्न सकिने योगदानकर्ता सापटी निर्देशिकामा उल्लेख छ । घर सापटी लिएका योगदानकर्ताले पहिलो किस्ता लिएको बढीमा २० वर्षभित्र सापटी चुक्ता गरिसक्नुपर्ने कोषले जनाएको छ ।

औद्योगिक करिडोरमा रहेका रोजगारदाता र श्रमिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले सामाजिक सुरक्षा कोषले केही दिनअघि विराटनगर र सिमरामा शाखा कार्यालय स्थापना गरेको थियो । कार्यालयबाट रोजगारदाता तथा श्रमिकको सूचीकरण, अस्पताल आबद्धता, कोषले सञ्चालनमा ल्याएका योजना तथा विशेष सापटीको दाबी भुक्तानीलगायतका सेवा प्रवाह हुनेछन् ।

विसं २०६७ चैत १७ गते स्थापना भएको कोषले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको थियो । कोष सञ्चालक समितिले बुटवल र नेपालगञ्जमा सम्पर्क कार्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको प्रवक्ता पन्थीले जानकारी दिनुभयो । कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम सङ्कलन गर्न थालेको थियो । कोषमा हालसम्म १७ हजार तीन सय २२ रोजगारदाता र तीन लाख ५५ हजार छ सय ७६ योगदानकर्ता सूचीकृत भएका छन् ।

दुई लाख ५० हजार बढी योगदानकर्ताले कोषमा नियमित योगदान गरिरहेका छन् । कोषमा हालसम्म रु २२ अर्ब ३४ करोड सङ्कलन भएको छ । ५३ हजार योगदानकर्ताले विभिन्न सुविधा लिएका छन् । कोषले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा , दुर्घटना सुरक्षा , अशक्तता सुरक्षा, वृद्धावस्था सुरक्षा र आश्रित परिवार सुरक्षा योजना सञ्चालन गरिरहेको छ । रासस