९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

मानव बेचविखन र ओसारपसार विरुद्ध काठमाडौँ महानगरका कार्यक्रम

सचेतना र सशक्तिकरणका माध्यमबाट मानव बेचविखन र ओसारपसारमा कमी हुन्छ — उपप्रमुख डंगोल

मानव बेचविखन र ओसारपसार विरुद्ध काठमाडौँ महानगरका कार्यक्रम
अ अ+ अ-

काठमाडौँ । ‘मानव बेचविखन र ओसारपसारमा कमी ल्याउन सचेतना र सशक्तिकरणका कार्यक्रम बढाउनु पर्छ ।’ काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोल भन्नुहुन्छ, ‘मानवीय आवश्यकता पूरा नभएपछि गाउँबाट सहरमा आउने, सहरमा सोचेजस्तो रोजगारी र जीवन चल्ने आम्दानी नभएपछि विकल्प खोज्न थाल्छन् । उनीहरुमा भएको यो अभावको फाइदा उठाएर अरुले ओसारपसार र बेचविखन गर्छन् ।’ मानव बेचविखन ओसारपसार तथा नियन्त्रणका लागि गठित नगर स्तरीय समितिको बैठकमा बोल्दै उपप्रमुख डंगोलले, व्यक्तिलाई जोखिमका विषयमा जानकारी गराउन सजग गर्नु पर्ने, जोखिम क्षेत्रहरुमा नियमित निगरानी गर्नुपर्ने बताउनुभएको छ ।

समितिका सदस्य सचिव एवं सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीकाअनुसार, सम्भावना देखिने सहरको मनोरञ्जन क्षेत्र, श्रम क्षेत्र बढी जोखिममा रहेको उल्लेख गर्नुभयो ।

अवस्था सुधारका लागि सबैको एउटै आवाज चाहिन्छ । बोल्ने एउटा र गर्ने अर्को भयो भने समस्याको बोझ एउटा निकायमा थुप्रिन्छ । बैठकमा प्रहरी उपरीक्षक दिनेश मैनालीले पीडितलाई न्याय र पीडकलाई दण्ड दिन सक्नु पर्ने बताउनुभयो ।

बैठकमा शान्ति फाउन्डेसन, विश्वाश नेपाललगायत संघ संस्थाका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । त्यस क्रममा सहरी क्षेत्रमा मानव बेचविखन र ओसार पसारको अवस्था, यसको नियन्त्रणका लागि महानगरले अबलम्बन गर्नुपर्ने अनुगमन पद्धति, रेफरल प्रक्रिया, तथ्याङ्क व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो । समस्या निराकरणका लागि नगरस्तरीय समितिसँगै वडास्तरीय समिति पनि सक्रिय हुनु पर्नेमा सहभागीहरुको जोड थियो ।

सहरी क्षेत्रबाट हुने मानव बेचविखनलाई नियन्त्रण गर्न, यसबाट पीडामा परेकालाई संरक्षण, पुनस्र्थापना, क्षमता विकास र रोजगार सिर्जना जस्ता कामलाई व्यवस्थित गर्न काठमाडौँ महानगरपालिकाले २०७८ सालमा ‘काठमाडौँ महानगरपालिका मानव बेचविखन तथा ओसारपसार नियन्त्रण कार्यविधि’ जारी गरिसकेको छ । सरकारले २०६४ सालमा मानव बेचविखन विरुद्धको ऐन, २०६५ सालमा नियमावली र ०७० सालमा कार्यविधि जारी गरिसकेको छ ।

सामाजिक सञ्जालको प्रयोगबाट मानिसलाई लोभ देखाउने, आफूप्रति आकर्षित गर्ने र श्रम तथा यौन क्षेत्रमा प्रयोग गराउने घटना हुने गरेका छन् । समाजमा देखिएका समस्या केलाएर ती समस्या समाधान गर्न नीतिगत, कानुनी र प्रबन्धगत व्यवस्थाका लागि महानगरले कार्यविधि जारी गरेको हो ।

संघ सरकारले सचिवस्तरीय नेतृत्वमा, जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन भएजस्तै नगर प्रमुखको नेतृत्वमा नगरमा समिति गठन हुने कार्यविधिले व्यवस्था गरेको छ ।

वन बेचविखन र ओसारपसारका दृष्टिले अपराधको प्रकृति फेरिएको छ । छलफलमा सहभागीहरुले, सहरका खाजा घर, वैदेशिक रोजगार, मनोरञ्जन क्षेत्रमा जोखिमपूर्ण क्षेत्र हुन् । पहिले यौन सम्पर्कका लागि ओसारपसार र बेचविखन हुनेमा अहिले श्रमका नाममा आन्तरिक रुपमा ओसारपसार र श्रम शोषण हुने गरेको छ । यौन शोषणजस्तै श्रम शोषणलाई लिनुपर्छ ।

बेरोजगार युवायुवती सामाजिक सञ्जालमा भेटिने अपरिचित मान्छेले देखाएको लोभमा परेर बेचिने र श्रम शोषणमा पर्ने गरेको अध्ययनले देखाएको छ । मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न सजिलो भएकोले धेरै युवाको आकर्षण यतातर्फ छ । प्रवेश गर्नु र आय हुनु फरक पाटो हो । प्रवेश गरेर जीवन धान्न अप्ठ््यारो हुन थालेपछि यौन व्यवसायमा पुग्ने र यसैबाट ओसारपसार हुने गरेको देखिन्छ ।