९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

बस्तीपुरवासीको गुनासोः नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पाइएन

बस्तीपुरवासीको गुनासोः नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पाइएन
अ अ+ अ-

इनरुवा । सिरहा लहान नगरपालिका–१४ बस्तीपुरका ८० वर्षीय फेकु महतोको ठूलो इच्छा थियो, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई अन्तिम बिदाइ तथा श्रद्धाञ्जली अर्पण गर्ने । तर आफ्ना प्रिय नेताको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गर्ने उहाँको इच्छा त्यत्तिकै रह्यो ।

उपचारका क्रममा निधन हुनुभएका कांग्रेस नेता गिरीको निधनपछि काठमाडौँको पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरेका कारणले उहाँको गृह जिल्ला तथा त्यस क्षेत्रका स्थानीय अन्तिम बिदाइ गर्नबाट वञ्चित भएका हुन् । गिरीको अन्तिम संस्कार गाउँमै गर्नका लागि स्थानीयवासी र स्वयम् उहाँले इच्छा व्यक्त गर्नुभएको थियो । आफ्ना प्रिय नेता गिरिलाई अन्तिम श्रद्धाञ्जली दिनबाट वञ्चित हुनुपरेको बस्तीपुरवासी गुनासो छ ।

गिरिको निधन भएको दिन बस्तीपुरवासीले गाँउमै रहेको गिरिको आश्रममा अन्तिम संस्कार गर्नका लागि प्रतिक्षा गरेर दिनभरी बसेको भए पनि काठमाडौँबाट उहाँको पार्थिव शरीर नआएपछि बस्तीपुरका स्थानीय निराश भएका थिए ।

शुभेच्छुक तथा नेताकार्यकर्ताहरूको प्रदीप बाबुको अन्तिम पटक मुख हेर्ने इच्छा थियो तर सयौँ स्थानीयवासी सो अवसरबाट वञ्चित भएको आश्रममा बस्दै आउनुभएका दीप परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “गिरिले आफ्नो मृत्यु भएपछि अन्तिम संस्कार आश्रमै गर्नुहोला भन्नुभएका थियो । सोहीअनुसार हामीले उहाँको शव गाउँमा ल्याउन आग्रह गरेका थियौँ तर त्यसो भएन ।”

बस्तीपुर र समाज निर्माणमा प्रदीप दाइको ठूलो योगदान भएकाले त्यो योगदानको सम्मान स्वरुप पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने इच्छा पूरा नहुँदा दुःखित भएको स्थानीयवासी चलितर साहले बताउनुभयो । शान्त र शालिन स्वाभावका व्यक्तित्व नेता गिरि पुर्खौली गाउँ बस्तीपुर नजिकै खुट्टीखोलाको पश्चिम किनारको आश्रममा बस्दै आउनुभएको थियो । प्रदीप दाइले आफ्नो अन्तिम संस्कार आश्रममै होस् भन्ने इच्छा व्यक्त गर्नुभएको स्थानीय रामकृष्ण चौधरीले बताउनुभयो । उहाँका अनुसार प्रिय नेता गिरिको निधनले बस्तीपुरवासी शोकमा डुबेका छन् । अन्तिम संस्कार गाउँमा नहुँदा आफूहरू झनै दुःख लागेको चौधरीको भनाइ छ ।

आफूहरूसँगै खेलेको, हुर्केको, भलाकुसारी गरेको, विभिन्न कालखण्डमा सहययोग एवं सद्भाव बाँडेका नेता गिरिको निधनका कारण गाउँ शोकाकुल छ । विसं २००४ मा जन्मिनुभएका गिरि विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । उहाँ २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।

नेता गिरिको शोकमा सिरहाको लहान नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो । आफूहरूले मत दिएर जिताएका अभिभावक गिरिको उपचार काठामाडौँस्थित मेडिसिटी अस्पतालमा भइरहँदा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयवासीले गाउँमा भजन किर्तन गरेका थिए ।

नेता गिरिले कुनै पार्टीका वा व्यक्तिको नेता मात्र नभई समग्र समाज र सबै पार्टीको नेता हो भनि पहिचान छोडनुभयो । उहाँको निधनमा राष्ट्रियपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादव, सरकारका विभिन्न विभागका मन्त्री, कांग्रेस पार्टीको विभिन्न तह तप्काका नेता तथा कार्यकर्ता, अन्य पार्टीका नेता तथा कार्यकर्ताले गिरिको निधनमा श्रद्धाञ्जली दिनुभएको थियो । रासस