११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

लिपुलेक–लिम्पियाधुरा नेपालको हो भन्न सत्तारुढ दलका नेताहरु डराएः ओली

लिपुलेक–लिम्पियाधुरा नेपालको हो भन्न सत्तारुढ दलका नेताहरु डराएः ओली
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरु डराएको आरोप लगाउनु भएको छ ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर सो भूमि नेपालीको हो भनेर चुईक्क बोल्न नसकेको बताउनु भयो । सोमबार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उहाँले एमालेले भने सो जमिन समावेश गरेर नेपालको नक्सा जारी गर्ने काम गरेको स्पष्ट पार्नु भयो ।

नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै आएको जमिन ६० वर्ष अघि हाम्रो हातबाट खोसेर लगेको हो भनेर एमाले नेतृत्वको सरकारले मात्रै मुलुकको नक्सामा सामेल गरेको अध्यक्ष ओलीले स्मरण गराउनु भयो । सत्तारुढ दलका नेताहरु भने यसबारे चुईक्क बोल्न नसकेको उहाँको भनाई थियो । अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरु आफ्ना छोरीबुहारी, श्रीमति, साला, आफन्तहरुलाई मात्रै माथि उठाउने काममा केन्द्रित भईरहेको दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘यस पार्टीका नेताहरु छोरीबुहारीलाई माथि उठाउन काम गरिरहेका छैनन् ।

यहाँका नेताहरु श्रीमति, साला, भाई, भतिजा, आफन्त, परिवारका सदस्य, नातागोताहरुलाई माथि उठाउन लागि रहेका छैनन् । देश बनाउन लागेका छन नेकपा एमालेका नेताहरु । र, सिंगै पार्टीले देश बनाउनृे काममा केन्द्रित भएर आग्रह गरिरहेका छौं । आज देशको सावैभौमसत्ता भएको मन नपर्नेहरु, पटक पटक नाकाबन्दीमा पर्छन । एउटै देशतिरमात्रै बोटो । नाकाबन्दीमा पर्न नदिनका लागि के अर्कोतिरबाट पनि बाटो खोल्नुपर्छ । अर्को देशतिरबाट पनि बाटो खोल्ने । यताबाट ब्लग ग¥यो भने उतातिरबाट बाटो खोल्ने त्यत्ति ग¥यो भने त नाकाबन्दी हुँदैन । तर, त्यत्ति नगर्ने । यहाँ कस्तो भयो भने हाम्रो राष्ट्रियता त कायरताको कारण रह्यो ।

जनता संयमित छ । तर, नेताहरु सत्ताको लोभ, त्यसले गर्दा थप्पड लगायो भने गएर खुट्टा समाएर आमा भनेर रुन्छ नि बच्चाले । त्यस्तै थप्पड लगायोभने पनि त्यसलाई सहेर बस्ने तर त्यसको विकल्प नखोज्ने चीन त्यहाँ छँदै थियो । पहिल्यैदेखि थियो । किन बाटो नखोलेको ? किन पारवहन, यातायात सम्झांैता नगरेको ? किन सधैंका लागि नाकाबन्दीबाट देशलाई मुक्त नगरेको ? हामीले त्यसलाई मुक्त गरेका छौं । नेकपा एमाले त्यस्तै पार्टी हो ।

६० वर्ष अगाडिदेखि, १४६ वर्षदेखि हामीले भोगचलन गरेको जमिन ६० वर्ष अगाडि हाम्रो हातबाट खोसेर अरुले नै लगेको रहेछ । त्यो जमिन फिर्ता ल्याउन कसैले आवाज उठाउँदैन, बोल्दैन । नेकपा एमाले बोल्यो, हामी बोल्यौं । र, हामीले नक्सा जारी ग¥यौं । संविधानमा त्यसलाई समेटयौं । र, हामीे पत्राचार ग¥यौ भारतलाई–यो हाम्रो हामीलाई दिनुस । म सुन्छु–यो कुरा भारतलाई मन परेको छैन रे । भारतलाई मन पर्छ कि पर्दैन होइन । भारतलाई मन पर्न पर्छ । नेपालले आफ्नो जमिन फिर्ता मागेर हामी अरुको जमिनमा दावी गरिरहेका छैनौं ।

हामी आफ्नो जमिन फिर्ता मागिराखेका छौं । त्यत्ति पनि मन नपाउने ? त्यस्तो पनि हुन्छ ? त्यसकारण यो मन पराउनुपर्छ, फिर्ता गर्नुपर्छ । यो कुरासँग यो गठबन्धन भन्ने छ नि । गठबन्धनको हुर्नुस्त म्याउम्याउ । यिनीहरुले लिम्पियाधुरा, लिपुलेक, कालापानी भनेर भन्न सक्छन, बोल्न सक्छन ? म शेरबहादुर देउवाजीलाई सोध्न चाहन्छु–सम्माननीय प्रधानमन्त्रीजी, तपाईको भूमि, तपाईको पश्चिमको नक्सा, तपाईको प्रदेशको नक्सा, तपाईको जिल्ला भन्दा एकजिल्ला पर्तेरको नक्सा, दार्चुलाको नक्सा त्यहाँ लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको होकि होइन ? त्यहीँ ठाउँको मान्छे, तपाईँले त डाँडामा उभिएर पनि हेर्नु भएको छ । ल, भन्नुस त्यो हो कि होइन ? बोल्नुहुन्न उहाँ ।

महान क्रान्तिकारी, अनेक तमासा गर्ने प्रचण्डजी, लिम्पियाधुरा, लिपुलेक, कालापानी कसेको हो भन्नुस ? अस्ती जाँदा पनि चुईक्क बोल्नु भएन इन्डियामा ? चुईक्क बोल्नु भएन । बोल्नुस । माधव नेपाल भन्ने अर्को हुनुहुन्छ फेरी । उहाँ बोल्नुस । कसको हो, लिम्पियाधुरा, लिपुलेक, कालापानी ? शेरबहादुरजी जानु भयो । प्रचण्डजी जानु भयो । आफूलाई नबोलाएकोमा बडो दुखित भएर बस्नु भएको आजकाल । शेरबहादुरलाई बोलाए । प्रचण्डलाई पनि बोलाए । मलाई बोलाएनन् भनेर बस्नु भएको छ । उहाँलाई दुःख त्यहीँ छ । बोल्न पर्दैन आफ्नो देशको बारेमा । नेपाली काँग्रेस मत उहिलेदेखि अहिलेसम्म नेपाली काँग्रेस नसप्रिएकोमा अचम्म लाग्छ ।’’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले राजनीतिलाई दुश्मनीको विषय बनाएको भन्दै आपत्ति जनाउनु भयो । प्रतिस्पर्धालाई छोडेर सत्तारुढ दलहरुले मिलेर राजनीतिलाईं दुश्मनीको विषय बनाएको उहाँको भनाई थियो । ओलीले मुलुकलाई बर्बाद हुनबाट बचाउन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउनुपर्ने दावी पनि गर्नु भयो ।