५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटाको नाममा सहमति



अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटाको नाममा सहमति भएको छ । पार्टी अध्यक्ष र संयोजकमा सहमति जुटेको बताइएको छ । आइतबार ३ बजे पार्टीको बैठक इएको छ । अध्यक्षमा बाँस्कोटा र संयोजकमा सञ्जीवबल्लभ भट्टराईको नाममा सहमति जुटेको समाचार छ ।

स्थानीय तहको निर्वाचनमा लज्जाजनक हार बेहोरेपछि त्यसको नैतिक जिम्मेबारी लिँदै तत्कालीन पार्टी अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका थिए ।

तर पार्टीले उनको राजीनामा स्वीकृत गरेको थिएन भने नयाँ अध्यक्ष पनि चयन गर्न सकेको थिएन । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना निकालेपछि पार्टीलाई दल दर्ता गर्न सकस परेको थियो ।

रवीन्द्र मिश्रले आफ्नो राजीनामा स्वीकृत पनि नभएको र नयाँ अध्यक्ष पनि चयन हुन नसकेको भन्दै आफ्नै नेतृत्वमा दल दर्ता गर्न आग्रह गरेका थिए ।