७ पुष २०८२, सोमबार
,
Latest
मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षलाई बेवास्ता गरेर निर्वाचनको घोषणा गरिएको होइन: सञ्चारमन्त्री कार्की



file
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिपक्षी दल नेकपा (एमाले) लाई बेवास्ता गरेर निर्वाचनको घोषणा गरिएको कुरा निराधार रहेको बताउनुभएको छ ।

सत्तागठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले संविधान र कानूनअनुसार नै निर्वाचनको मिति घोषणा गरिएको बताउनुभयो ।

पत्रकारहरुले यसअघि प्रतिपक्षीसँग संवाद गरेर निर्वाचनको मिति तय गरिँदै आएको परम्परा यसपालि तोडिएको हो कि भनी राखेको जिज्ञासामा मन्त्री कार्कीले बिहीबार बसेको मन्त्रिपरिषदको बैठक सुरु हुनुअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गर्ने कोसिस गरेको तर त्यतिबेला सम्पर्क हुन नसकेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री देउवाले फोन गर्दा आफू त्यहीँ रहेको जानकारी दिनुभयो ।