११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

प्रतिपक्षलाई बेवास्ता गरेर निर्वाचनको घोषणा गरिएको होइन: सञ्चारमन्त्री कार्की

प्रतिपक्षलाई बेवास्ता गरेर निर्वाचनको घोषणा गरिएको होइन: सञ्चारमन्त्री कार्की
file
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिपक्षी दल नेकपा (एमाले) लाई बेवास्ता गरेर निर्वाचनको घोषणा गरिएको कुरा निराधार रहेको बताउनुभएको छ ।

सत्तागठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले संविधान र कानूनअनुसार नै निर्वाचनको मिति घोषणा गरिएको बताउनुभयो ।

पत्रकारहरुले यसअघि प्रतिपक्षीसँग संवाद गरेर निर्वाचनको मिति तय गरिँदै आएको परम्परा यसपालि तोडिएको हो कि भनी राखेको जिज्ञासामा मन्त्री कार्कीले बिहीबार बसेको मन्त्रिपरिषदको बैठक सुरु हुनुअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गर्ने कोसिस गरेको तर त्यतिबेला सम्पर्क हुन नसकेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री देउवाले फोन गर्दा आफू त्यहीँ रहेको जानकारी दिनुभयो ।