५ श्रावण २०८३, मंगलवार
,
Latest
गड्यौला मलले बदलिँदै तुलसीपुरका किसानको दैनिकी, बढ्दै प्राङ्गारिक खेतीको आकर्षण आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी



फाइल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणाका बारेमा छलफल गर्न दिउँसो ३ बजे बैठक बोलाउनुभएको थियो ।

बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनावबारे छलफल भइरहेको बताइएको छ । बैठकमा नेपाली कांग्रेस नेताहरु, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालसहितका नेता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवन नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुलगायत सहभागी छन् ।

बिहीबार नियमित मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा गर्ने तयारी स्वरुप मन्त्रिपरिषदको बैठक बोलाइएकाले त्यसको तयारी स्वरुप प्रधानमन्त्रीले गठबन्धनका नेताहरुसँग छलफल गर्नुभएको हो ।