२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२० च्याम्पियनसिपः महत्वपूर्ण खेलमा बंगलादेशको सामना गर्दै नेपाल



अ+ अ-

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज (मंगलबार) लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको छ ।

नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ भने अर्कोतर्फ नेपाल भारत र माल्दिभ्सबीचको खेलको नतिजाको प्रतिक्षामा रहनुपर्नेछ ।

आज बंगलादेशलाई ९ गोलको अन्तरले पराजित गरेको खण्डमा नेपालले फाइनलमा स्थान पक्का गर्नेछ । आइतबार भारतसँग ८–० को फराकिलो हारपछि नेपाललाई बंगलादेशविरुद्ध फराकिलो जितको आश्यकता परेको हो । यदि, बंगलादेशसँग बराबरी भएको खण्डमा भने नेपालले भारत र माल्दिभ्सबीचको खेल कुर्नु पर्नेछ ।

अर्कोतर्फ, भारतले माल्दिभ्ससँग हार ब्यहोरेमा नेपालले फाइनलमा स्थान बनाउनेछ भने माल्दिभ्स र भारतबीच बराबरी भएको खण्डमा नेपालले बंगलादेशमाथि झिनो गोलको जितले पनि पुग्नेछ ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । किनभने बंगलादेश जारी प्रतियोगितामा अपराजित रहने एक्लो टोली समेत हो ।

बंगलादेश ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल ३ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । हेड टु हेडमा अघि रहेको भारत ३ खेलमै ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । प्रतियोगिताबाट माल्दिभ्स र श्रीलंका भने समान १–१ अंक जोडेर बाहिरिसकेका छन् । ५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।