११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

देश र बाह्यशक्ति प्रतिक्रियावादीहरुले एमालेलाई कमजोर पार्न सत्तारुढ गठबन्धन बनाएः ओली

देश र बाह्यशक्ति प्रतिक्रियावादीहरुले एमालेलाई कमजोर पार्न सत्तारुढ गठबन्धन बनाएः ओली
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशी/विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दावी गर्नु भएको छ ।

अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय विचारहरुका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरुले नै गराएको जिकीर गर्नु भयो । मजदुर वर्ग पक्षीय शक्तिहरुलाई कमजोर पार्ने प्रयास भईरहेको र त्यसैको परिणाम स्वरुप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन भएको उहाँको तर्क थियो ।

शनिबारबाट ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिहरुले जहिले पनि मजदुर वर्ग र उनीहरुको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको पनि उल्लेख गर्नु भयो । उहाँले मजदुर वर्गको हितको लागि आफ्नो पार्टी र आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय गन्तव्य तय गरेर अघि बढाएको पनि पटकपटक दोहो¥याउनु भयो । त्यस अवसरमा उहाँले सो गन्तव्यलाई पूरा गराउने काममा मजदुर वर्गमा मात्रै इमान्दार र प्रतिवद्ध हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘मजदुर वर्गपक्षीय विचारहरुका संवाहक शक्तिहरु, ती हितहरुका संवाहक शक्तिहरु, तिनीहरुलाई प्रतिक्रियावादी शक्तिहरुले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमै विभाजित गर्न खोज्दछन । आज हाम्रो देशमा तथाकथित जुन गठबन्धन भन्ने देखा प¥यो । यो गठबन्धन के हो ? यो गठबन्धन, यस्ता गठबन्धन, हाम्रो पार्टी जसरी गत वर्ष विभाजन गराईयो, गरियो । यही अहिले मैले भनेका मजदुर वर्गपक्षीय विचारहरु, मजदुर वर्ग पक्षीय हितहरु, मजदुर पक्षीय संगठनहरु, संस्थाहरु, मजदुर वर्ग पक्षीय आन्दोलनहरु, तीनलाई कमजोर पार्ने प्रयासहरु । किनभने अन्तिममा समृद्ध नेपालः सुःखी नेपालीको गन्तव्य कसको हो त ? यो सम्पन्न सम्भ्रान्त वर्गको गन्तव्य त होइन । उसका लागि अहिलेनै समृद्धि छदै छ नि । अहिले नै कसैको फोर्स बुकमा नाम त लेखिएकै छन नि ।

उनीहरुको गन्तव्य त होइन त्यो । यो गन्तव्य मजदुर वर्गीय गन्तव्य हो । श्रमिक वर्गीय गन्तव्य हो । श्रमजीवि वर्गीय गन्तव्य हो । अहिले पनि जो मानवोचित जीवन जिउन बञ्चित छन । निरपेक्ष गरिवीको रेखामुनि छन । अथवा रोजगारीको अवसरबाट बञ्चित छन । अथवा जिवन निर्वाह गर्न पुग्ने गरी ज्याला अथवा आम्दानीको अवसरबाट बञ्चित छन । सहज जीवन जीउन सकिरहेका, पाईरहेका छैनन । तीनका निम्ति समृद्ध नेपालः सुःखी नेपालीको गन्तव्य, त्यो राष्ट्रिय आकांक्षा आवश्यक छ । र, त्यो वास्तवमा त्यस वर्गका लागि आवश्यक छ । यसर्थ मजदुर वर्ग यस कुरा प्राप्तीका लागि वर्गीय हिसावले नै प्रतिवद्ध हुन्छ । वर्गीय हिसावले नै इमान्दार हुन्छ ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव एकतावद्ध, प्रतिवद्ध र ऐक्यवद्ध रहेको पनि बताउनु भयो । मजुदरहरुको सफलतामा आफ्नो पार्टीको सदा साथ रहने उहाँको भनाई थियो ।