१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

राष्ट्रपति भण्डारी उत्तरगयामा

राष्ट्रपति भण्डारी उत्तरगयामा
अ अ+ अ-

नुवाकोट । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेत्रावतीस्थित उत्तरगयाधाम पुगेर पूजाअर्चना गर्नुभएको छ । नुवाकोट र रसुवाको सीमामा रहेको उक्त धाममा पूजा गर्नाका साथै धामको अवस्था बारेमा उहाँले जानकारी लिनुभएको हो । आज बिहान नुवाकोट सदरमुकाम विदुरस्थित सैन्य तालिम केन्द्रसम्म हेलिकप्टरमा आउनुभएको राष्ट्रपति भण्डारी विदुरदेखि बेत्रावतीसम्म गाडीमा जानुभएको थियो । बेत्रावतीमा उहाँलाई रसुवा जिल्ला समन्वय समिति प्रमुख अशोक घिमिरे, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याललगायतले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले रसुवा उत्तरगया गाउँपालिका–५ मा रहेको राममन्दिर र विष्णु पादुकामा पूजा गर्नुभएको थियो । मन्दिर क्षेत्रमा उपस्थित जनप्रतिनिधि र स्थानीय अगुवाका कुरा सुनेपछि उहाँले उत्तरगया क्षेत्रको विकासका लागि आफ्नो ठाउँबाट पहल गर्ने र सङ्घीय सरकारलाई पनि जानकारी गराउने बताउनुभयो । राष्ट्रपति भण्डारीले बेत्रावतीस्थल धार्मिक हिसाबले महत्वपूर्ण स्थान भएकाले यसको विकासमा चासो दिनुभएको थियो ।

जिसस प्रमुख घिमिरेले यहाँकोे धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले यस स्थललाई बृहत् धामको रुपमा विकास गर्नका लागि भूमिका निर्वाह गर्न राष्ट्रपति भण्डारीसमक्ष आग्रह गर्नुभयो । जिसस प्रमुख घिमिरेले भन्नुभयो, “यहाँको बृहत्तर विकासको खाँचो छ । राष्ट्रपतिको भ्रमणले यसको प्रचारमा समेत टेवा पुग्ने छ ।”

उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले बेत्रावती क्षेत्रकोे बृहत विकासका लागि स्थानीय सरकारको स्रोत र साधनले नभ्याउने भएकाले सङ्घीय सरकारले नै गुरुयोजना बनाएर लगानी गर्नुपर्नेमा जोड दिँदै पहलका लागि राष्ट्रपतिसमक्ष आग्रह गर्नुभएको थियो । राममन्दिर संरक्षण समितिका अध्यक्ष सोमलाल लबटले राममन्दिरको गुठीलाई राजगुठी बनाउन पहल गरिदिन अनुरोध गर्नुभयो ।
स्थानीयवासीले राष्ट्रपतिसमक्ष उत्तरगया क्षेत्रको विकासका लागि सरकारले चासो नदिएको, गल्छी–त्रिशूली–र सुवागढी त्रिदेशीय राजमार्गको निर्माणमा ढिलो भएको र स्थानीयवासीले मुआब्जासमेत नपाएको गुनासो गरेका थिए ।

राष्ट्रपति भण्डारीले उत्तरगयाधाम अवलोकन पछि विदुरस्थित सैन्य तालिम केन्द्रमा जिल्लाका सङ्घीय र प्रदेश सांसद, जिसस प्रमुखलगायत जनप्रतिनिधि र प्रशासन प्रमुखसँग जिल्लाको वस्तुस्थितिको बारेमा अनौपचारिक कुराकानीसमेत गर्नुभएको थियो ।