११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

वि.पि.लाई यसरी सम्झछन् राजनीतिक विश्लेषक (भिडियो)

वि.पि.लाई यसरी सम्झछन् राजनीतिक विश्लेषक (भिडियो)
अ अ+ अ-

काठमाडौँ । श्रावण ६ गते आज, ४० औं वि.पि. स्मृती दिवस । उहाँको राजनीति एवं साहित्यिक योगदानको स्मरणका साथ विभिन्न कार्यक्रम गरी देशभर मनाईदैँ छ । वि.पि.का सहयात्रीहरु अहिले जीवित नरहेपनि वि.पि.ले बनाएको बाटो पछ्याएकाहरु अहिले नेपाली काँग्रेसको नेतृवमा छन् । नेपाली राजनीति र यसको विकास तथा विश्व राजनीतिमा वि.पि.को स्थानलाई अहिले पनि महत्वका साथ हेरिन्छ ।

राजनैतिक विश्लेषक पुरञ्जन आचार्य सशस्त्र क्रान्तिबाट प्रजातन्त्र पुनस्र्थापना र प्रजातन्त्रकै संरक्षण अनि संवद्र्धनमा वि.पि.कै योगदान अतुलनीय रहेको टिप्पणी गर्नुहुन्छ । उहाँले नेपाली काँग्रेसले पाएको अहिलेसम्मको अविष्मरणीय नेतृत्वको भुमिका वि.पि.ले नै गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपालमा जहाँनिया राणा शासन अन्त्यको आह्वान भयो । त्यहाँ मातृकाप्रसाद कोईराला २००७ सालको क्रान्तिको कमाण्डर नियुक्त हुनुभयो । सम्पूर्ण अधिकार प्राप्त । मातृकाप्रसाद कोईरालाको पालामा क्रान्ति भयो २००७ सालको । आधिकारित लिडरसिप मातेका काईराला भएपनि राजनीतिक नेतृत्व वि.पि. कोईरालाको नै थियो ।’

वरिष्ठ पत्रकार किशोर नेपाल वि.पि.ले जस्तो पार्टीकौ कार्यभार अन्य सभापतिहरुेले बोक्न नसकेको टिप्पणी गर्नुहुन्छ । काँग्रेसलाई अग्रगामी
दिशामा लैजान वि.पि.ले अभुतपुर्व योगदान गरेको विश्लेषण उहाँले गर्नुभयो । उहाँले नेपालमा आवश्यक सवारी साधनसमेत नभएको बेला वि.पि.ले देशभर घुमेर पार्टीको संगठन बिस्तार गरी काँग्रेसलाई पहिलो पार्टी बनाउन गरेको योगदानलाई कसैले बिर्सन नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘वि.पि. कोईराला जतिखेर सभापति हुनुभयो त्यो बेलामा नै नेपाली काँग्रेस अग्रगामी बन्यो । यसका धेरै दस्तावेजहरु पनि बने । वि.पि.का चिन्तनहरु भएका धेरै कुराहरु बहिर आए । उहाँले पार्टीकौ एउटा सेप तयार गर्नुभयो । आफैँ घुमन्ते भएको हुनाले पनि उहाँले धेरै मान्छेहरुसँग भेट्नुभयो । मोटर सेवा नभएको बेला दाङदेखि मोरङसम्म हिँडेर संगठन बनाउनु भनेको निकै गाह्रो कुरा थियो । त्यो बेलामा संगठन बनाउन जति मिहेनत वि.पि.ले गर्नुभयो त्यति चाहीँ अरु सभापतिहरुले भार बोक्नुपरेन ।

राजनैतिक विश्लेषक पुरञ्जन आचार्यले व्यक्तिगत स्वार्थभन्दा धैरै माथि उठेर वि.पि.ले प्रजातन्त्रका लागि ठूलो योगदान दिएको स्मरण गर्नुभयो । उहाँले नेपाली काँग्रेसले अहिलेसम्म पाएको अद्वितीय नेतृत्व वि.पि.कै भएको बताउनु भयो । संविधानसभाका लागि नयाँ राजालाई दबाब सिर्जना गरी काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रधानमन्त्री बन्नुभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसले अहिलेसम्म पाएको अद्वितीय नेतृत्व भनेको उहाँको नै हो । उहाँले १२ सालमा फेरि सुवर्ण समशेरलाई सभापति बनाउनु भयो । त्यो काँग्रेसको अधिवेशनबाट उहाँले समाजवाद पास गर्नुभयो । सुवर्ण समशेरको नेतृत्वमा चुनाव हुँदा काँग्रेसले ठिक उर्जा गर्दैन भनेर उहँले विशेष अधिवेशन गर्नुभयो । फेरि विशेष अधिवेशनले वि.पि. कोईरालालाई सभापतिमा निर्वाचित गर्यौं । उहाँलै संविधानसभाका लागि नयाँ राजालाई दबाब दिनुभयो । त्यो दबाबले संविधानसभाको चुनाव नभएपनि राष्ट्रिय निर्वाचन भयो । त्यस चुनावमा काँग्रेसले दुई तिहाई बहुमत पाएपछि वि.पि. प्रधानमन्त्री हुनुभयो ।’

उहाँले वि.पि.ले संगठन बनाउन गर्नुपरेको परिश्रम जति अन्य सभापतिले गर्नु नपरेको उल्लेख गर्नुभयो । नेपाली काँग्रेसका सभापतिहरुले अन्तिममा आए आफूलाई सफल बनाएको इतिहास रहेकोले अहिलेका सभापति शेरबहादुर देउवाले पनि राजनीतिको उत्तराद्र्धमा आफ्नो कार्यकाललाई स्मरणयोग्य बनाउनुपर्ने बताउनुभयो ।