१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा

सरकारले चियामा बेवास्ता गर्यो: झलनाथ खनाल

सरकारले चियामा बेवास्ता गर्यो: झलनाथ खनाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले चियामा बेवास्ता गरेको आरोप लगाउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताउनुभएको हो ।

उहाँले देशमा चियाको उत्पादन बढीरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गर्नुभयो । सांसद खनालले चियाको बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बताउनु भयो । उहाँले राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या भोग्नुरेको बताउनु भयो । उहाँले तत्काल चियाका अक्शन सेन्टर खोल्नुपर्ने बताउनु भयो । सांसद खनालले संगो नेपाललाई चिया क्षेत्रमा रुपान्तरित गर्न सकिने उल्लेख गर्दै चिया उत्पादकलाई उचित मूल्य दिने र संरक्षण नगर्ने हो भने उत्पादकले चियाका बोट नै उखेल्ने स्थिति सिर्जना हुने चेतावनी दिनुभयो । उहाँले चियाको बारेमा सरकारले अनुसन्धान र योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘इलाममा चिया उत्पादन बिस्तार हुँदै गएको छ, देशमा पनि चिया फैलिँदै गएको छ, त्यो तिर सरकारले बिल्कुलै बेवास्ता गरिरहेको छ । यस वर्षको नीति, कार्यक्रम आउँदा प्रधानमन्त्रीको ध्यान त्यसमा जाला कि भन्ने अपेक्षा गरेको थिएँ । तर प्रधानमन्त्रीले अघि सारेको नीति कार्यक्रम सम्माननीय राष्ट्रपतिको मुखबाट आयो तर चियाको बारेमा कतै उच्चारण हुन सकेन । तर अर्थमन्त्रीबाट आउँदा पक्कै आउँछ होला, बजेटमा आउँछ होला, किनभने यो देशको कृषि उपजमा महत्वपूर्ण हो भन्ने थियो, तर उहाँको बजेटमा पनि कतै चियाको चर्चा हुन पाएन । हामी बिदाको बेलामा चिया पिउन जुन बेलामा पनि जान्छौँ तर चियाको बारेमा जुन ढंगले ध्यान आकर्षित हुनुपर्ने हो त्यो भएन । विश्वभर नै चिया अहिले महत्वपूर्ण पेयको रुपमा छ । खास गरेर हामी पानी त धेरै ठूलो मात्रामा पिउँछौँ । संसारमा सबैभन्दा बढी पिउने पेय पदार्थ चिया हो । हामी विकास त गर्दैछौँ तर दिनुपर्ने ध्यान दिन सकेका छैनौँ । राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या भोग्नुपर्ने स्थिति बनेको छ । सिंगो नेपाललाई चिया क्षेत्रमा रुपान्तरित गर्न सकिन्छ । तर हामीले अध्ययन गरेर योजना बनाउने काम गर्न सकेका छैनौँ । राज्यले बजार खोज्न भुमिका खेल्नुपर्छ । नत्र चिया उत्पादकहरुले चिया उखेलेर फाल्दैनन् भन्न सकिँदैन । उनीहरुले चियाको उचित मूल्य पाइरहेका छैनन् । चियाको चिनियाँ बजार पाउने हो भने धेरै फाइदा लिनसक्छ । चियाको अक्शन सेन्टर खोल्नुपर्छ । तत्काल खोल्नुपर्यो । रुलिङ गर्न आग्रह गर्दछु ।’

सांसद खनालले सकरार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लागिरहेको बताउनु भयो । उहाँले आर्थिक संकटतर्फ देश गइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले इलाममा चियाको संग्रहालय बनाउन पनि माग गर्नुभयो । सांसद खनालले चियाको न्यूनतम मूल्य तोक्नुपर्ने बताउनु भयो ।