२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्जिनियरहरु विदेश पलायन हुनुहुँदैनः मन्त्री चौधरी



अ+ अ-

काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरु विदेश पलायन हुनु नहुने बताउनुभएको छ ।

बुधवार पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरुसँग मन्त्री कार्यक्रम अन्तर्गत भएको शहरी विकास विषयक अन्तरक्रियामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरहरु विदेशीनु नहुने बताउनुभएको हो ।

उहाँले इन्जिनियरिङ क्याम्पस भर्ना गर्नुअघि नै विदेश जाने मनोविज्ञान बोक्ने गरिएको भन्दै त्यस्तो मनोविज्ञान त्याग्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले मुलुक निर्माण गर्ने जिम्मेवारी इन्जिनियरहरुको पनि भएको उल्लेख गर्दै सो जिम्मेवारी पूरा गर्न आग्रह पनि गर्नुभयो । मन्त्री चौधरीले शहरी विकास सम्बन्धी नीतिहरु बनाउँदा इन्जिनियरहरुको ज्ञानको पनि उपयोग गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले नीति बनाउने कुरामा यहाँहरुलाई उपयोग गर्ने कुरामा हाम्रो ध्यान पुगेको छ । इन्जिनियरिङ कलेज भर्ना गर्नुभन्दा अगाडी विदेश जान पाइन्छ भन्ने जुन मनोविज्ञान छ । यसलाई सधैँभरीको लागि छोड्नुपर्छ । सरकारले लगानी लगाउने भनेको विदेशमा गएर आफ्नो पसिना चुहाउ अथवा ज्ञान बाँड भनेर होइन । हाम्रै मुलुकको विकासमा पनि तपाईहरुको योगदान हुनुपर्छ ।

कहिलेकाहीँ तपाईहरु भन्नुहुन्छ होला जस्तो मलाई लाग्छ, देश कसले बिगार्यो भन्दा, नेताले बिगा¥यो । कर्मचारीले बिगा¥यो । तर यो मुलुक निर्माण गर्ने जिम्मेवारी तपाईहरुको पनि त छ नि । किनकी तपाईहरुलाई यो ठाउँमा ल्याउनका लागि नेपाल सरकारले थुप्रै लगानी लगाएको छ । तर हाम्रो मनोविज्ञान कस्तो भइदियो भने पढ्ने अनि विदेश जाने । काम नलाग्ने भइसकेपछि फेरी नेपालमा आएर बस्ने ।

अब त्यो होइन । राज्यले मात्रै अथवा नेताले मात्रै अथवा सरकार सञ्चालन गर्नेले मात्रै सबथोक गर्न सक्दैन । उसले नेतृत्व गर्नसक्छ । तर मुलुक सञ्चालन गर्ने, निर्माण गर्ने, मुलुकमा व्यवस्थित गर्न योगदान गर्ने कुरा हाम्रो आफ्नो पनि जिम्मेवारी हो । यो जिम्मेवारी यहाँहरुबाट हामीले प्राप्त गर्नसक्छौँ भन्ने कुरा म राख्न चाहन्छु ।’

मन्त्री चौधरीले आगामी दिनमा नयाँ शहरहरु बनाउने भन्दै त्यसको इन्जिनियरिङ गर्ने जिम्मेवारी इन्जिनियरहरुलाई दिएर विदेश जान नपर्ने बनाउने बताउनु भयो ।