५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री प्रकरणः छानबिनका लागि थप ७ दिन समय माग्ने संसदीय समितिको निर्णय



अ+ अ-

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष समितिलाई तोकिएको १० दिनको समय अपुग हुने संकेत देखिएको छ ।

स्रोतका अनुसार समितिको आज बसेको बैठकले समय नपुगेको भन्दै ७ दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ ।

सभामुख अग्नी सापकोटाले संसदीय समितिलाई छानबिनका लागि १० दिनको समय दिएका थिए । त्यसमा आज आठौं दिन बितिसकेको छ ।

सीसीटीभीको हार्ड डिक्स परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको छ ।

बयान सकेर फरेन्सिक ल्याबबाट सीसीटिभी रिकभर भएपश्चात मात्रै समिति निस्कर्षमा पुग्न सम्भव हुने भएकाले थप केही दिन समय लाग्ने भएसँगै समितिले सभामुखसमक्ष आग्रह गर्ने निर्णय गरेको हो ।