२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालो धनलाई सेतो बनाउन नपाएपछि गभर्नरमाथि आक्रमण भयोः महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउन नपाएपछि सरकारले गभर्नरमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा अनलाइन सञ्चार माध्यमका सम्पादकहरुसँगको अन्तरक्रियामा महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

महासचिव पोखरेलले भने, ‘गभर्नरमाथिको सरकारी अट्याक भनेको कालो धनलाई सेतो धन बनाउन नपाउँदाखेरिको अट्याक हो ।’

कालो धनलाई सेतो बनाउने योजना असफल भएपछि सरकारले गभर्नरमाथि आक्रमण सुरु गरेको उनको टीप्पणी छ ।

यस्तै, उनले गठबन्धन बनाएर चुनाव जितेको कांग्रेसलाई पहिलो पार्टी भन्न नमिल्ने तर्क समेत गरे ।

उनले भने, ‘हामीले गठबन्धनसँग चुनाव हारेको साँचो हो । तर, गठबन्धन बनाएर चुनाव जितेको कांग्रेस पहिलो भयो भन्ने व्याख्यासँग हामी सहमत छैनौं । स्थानीय चुनावमा गठबन्धन पहिलो र एमाले दोस्रो भएको सत्य हो । तर, पार्टीगतरूपमा कांग्रेस पहिलो होइन ।’