१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरमा थपिए तीन नयाँ दमकल



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरमा नयाँ तीन वटा नयाँ दमकल थपिएको छ । दमकल खरिदका लागि २०७७ फागुन महिनामा भएको बोलपत्र आह्वानबमोजिम छनोट भएको इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसियाले करबाहेक रु सात करोड २१ लाखमा इन्डोनेसियाबाटै सामान पठाएको हो ।

इञ्जिन क्षमता २७० एचपी रहेको दमकलमा प्रतिमिनेट तीन हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ । यस्तै ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छ । एकैपटक ४ वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र दुई वटा सक्सन लाइनबाट पानी तान्न सक्छ ।

दमकल आएपछि काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि काम गर्दै आएको बताए ।

उनले महानगरका पुर्वप्रमुख विद्यासुन्दर शाक्यका पालामा सुरु भएको दमकल खरिद प्रक्रियाअन्तर्गत अहिले तीन वटा दमकल आइपुगेका जानकारी दिँदै दमकलहरुको वैज्ञानिक तवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध रहेको बताए ।

 




भर्खरै