८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित

वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण

वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण
file
अ+ अ-

काठमाडौँ । देशभित्र रोजगारीको अवसरको यथोचित व्यवस्था हुन नसक्दा नेपाली युवाले विदेशको यात्रा गर्नुपर्ने र जोखिमपूर्ण काम गर्नुपर्ने अवस्थामा कुनै पनि परिवर्तन नभएको भन्दै राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सरकारको ध्यानकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद प्रकाश पन्थले रोजगारीको खोजीमा विदेशिएका युवालाई समान सुविधा र प्रबन्ध हुन नसकेको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राख्नुभयो । मानिस रहरले नभई बाध्यताका कारण विदेशिएको भन्दै उहाँले सरकार तथा सरकारी निकायले विभेद गर्न नहुने बताउनुभयो ।

विदेशमा श्रमिकको मृत्यु हुँदा शव ल्याउनसमेत ठूलो समस्या रहेको भन्दै उहाँले सम्बन्धित परिवारको मानवीय पक्षलाई ध्यान नदिई बिचौलियाले अनेकन दुःख दिएकाले त्यसको नियन्त्रणका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सांसद भैरवसुन्दर श्रेष्ठले पछिल्ला दिनमा अविरल वर्षाका कारण जाजरकोटका विभिन्न स्थानमा बाढी पहिराले जनजीवन प्रभावित भएको बताउनुभयो । उहाँले मुलुकमा देखिन सक्ने आर्थिक सङ्कटको समाधानका लागि सरकार, विपक्षी र सम्वद्ध सबै पक्षको साझा सहकार्य जरुरी रहेको उल्लेख गर्नुभयो ।