२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३३ कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि (सुचीसहित)



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठक (फूलकोर्ट) ले १३३ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरुको बैठकले नेपाल कानून व्यवसायी ऐन, २०५० को दफा २१ बमोजिम वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडलले जानकारी दिनुभयो ।

बैठकले २०४३ सालदेखि प्रमाणपत्र नम्बर (१५८२) देखि २०५१ साल प्रमाणपत्र नम्बर (५२०७)सम्मका कानून व्यवसायीहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ । वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेहरुमा वर्तमान कानून न्याय तथा सङ्घीय मामिलामन्त्री गोविन्द शर्मा कोइराला (बन्दी), कानून, न्याय तथा संसदीय मामिलाका सभापित कृष्णभक्त पोखरेल, नेपाल बार एसोसिएनका पूर्व महासचिव सुनिलकुमार पोखरेल, महिलाको सम्पतिको हक स्थापित गर्नलगायत न्यायको क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएकी मीरा ढुङ्गानालगायत हुनुहुन्छ ।

नेपाल बार एशोसियसनले पटक पटक प्रधानन्यायाधीशसमक्ष वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गर्न ध्यानाकर्षण गराएको थियो । लामो समयपछि आज सर्वोच्च अदालतको पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

हेर्नुहोस् सूचीः