२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भानु जन्मस्थलमा पूर्वाधार निर्माण



अ+ अ-

तनहुँ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिमा पूर्वाधार निर्माण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजित गरेको रु ३० लाखको लागतमा जन्मस्थल विकास समितिको कार्यालयमा पूर्वाधार निर्माण गरिएको हो । चालु आर्थिक वर्षमा विनियोजन भएको उक्त बजेटबाट कार्यालय परिसरमा, ढुङ्गा छाप्ने, बाटो फराकिलो गर्ने काम भइरहेको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि उजाडजस्तै रहेको कार्यालय भवनमा अहिले रङरोगनको काम पनि गरिएको छ । “भानु जन्मस्थल विकास समितिलाई सरकारबाट न्यून मात्रामा बजेट आउँदा समस्या हुने गरेको छ, अहिले यो वर्ष प्राप्त बजेटबाट कार्यालय परिसरभित्र केही काम गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो ।

कार्यालय परिसरलाई आकर्षक बनाउन ढुङ्गा छाप्न लागिएको हो । त्यस्तै कार्यालयको सुरक्षाका लागि ‘कम्पाउण्ड’ निर्माणको काम पनि भइरहेको छ । केही वर्ष पहिला मन्त्रालयले भानु जन्मस्थल विकास समितिलाई नगरपालिका मातहत राख्ने निर्णय गरेको थियो । नगरपालिका मातहत राखिँदा विकास समितिले सोचेअनुरुपको काम गर्न नसकेपछि पुनः सङ्घीय सरकार मातहत नै समितिलाई राखिएको छ ।
“त्यही बेला नगरपालिकामा बजेट प्राप्त भएको रहेछ, सोही बजेटबाट अहिले काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “असारभित्रै काम सम्पन्न गर्छौं ।” कार्यालयसम्म आवतजावत गर्ने बाटो साँघुरो भएकाले बाटो फराकिलो गर्ने काम पनि भइरहेको छ ।

भानुजयन्ती मनाउने तयारी

विकास समितिले तीन दिनसम्म दुई सय नवौं भानु जयन्ती मनाउने गरी तयारी तीव्र पारेको छ । यही असार २७, २८ र २९ गते तीन दिनसम्म भानु जयन्ती मनाउने तयारी गरिएको हो ।

भानुजयन्तीको अवसरमा आज स्थानीय मठमन्दिरमा पूजाअर्चना र साँझ दीपावली, २८ गते भानुभक्तीय रामायण वाचन प्रतियोगिता, राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता र विद्यालयस्तरीय खुला कविता प्रतियोगिता, असार २९ गते प्रभातफेरी, भानुभक्तको शालिकमा माल्यार्पण, श्रद्धाञ्जलि सभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम राखिएको छ ।

सोही अवसरमा यही मंगलबार हुने राष्ट्रियस्तरको खुला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट ११२ जनाको कविता प्राप्त भएकामा १५ कविता छनोट भएको छ ।

प्राप्त कवितामध्ये मूल्याङ्कन समितिको निर्णयबमोजिम १५ कविता छनोट गरिएको रानाभाटले जानकारी दिनुभयो । कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट ११२ कविता प्राप्त भएको थियो । छनोट भएका कविताह स्वयं उपस्थित भई असार २८ गते वाचन गर्नुपर्ने र त्यसका लागि दश पूर्णाङ्क तोकिएको छ । पहिलो र दोस्रो चरणको मूल्याङ्कनबाट प्राप्त अङ्कको योगको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको समितिले जनाएको छ ।

प्रतियोगिताका लागि पर्वतका तारानाथ पराजुलीको ‘नजन्माइएका छोरीहरु’, विराटनगरका केशव भण्डारी कञ्चनको ‘देश छाड्नुअघि’, कास्कीका नवराज अधिकारीको ‘नेपाल आमासँग’, नवलपुरका हरिप्रसाद घिमिरेको ‘नेपाल प्रवृत्ति’, अछामका मीनप्रसाद पाण्डेको ‘मुजारे गुराँस’, रामेछापका विक्रमपवन परियारको ‘सूर्यमुखी फूल’, कविलपस्तुका जोशिका कँडेलको ‘समृद्ध नेपाल’, बाराका अभिषेक ओझाको ‘के छैन नेपालमा’, पोखराका कमलराज ढुङ्गानाको ‘भानु सम्झनामा’, खोटाङका मुकुन्दकृष्ण थापाको ‘आह्वान’, पाल्पाका जनक कार्कीको ‘कागज’, पवर्तका लक्ष्मीदेवी पौडेलको ‘प्रिय कविको सम्झनामा’, रुपन्देहीका शिव खनालको ‘उज्यालोको कथा’, कास्कीका संयोग बस्यालको ‘युवा आह्वान’ र कास्कीकै मदन घिमिरेको ‘मैले देखेको देश’ कविता प्रतियोगिताका लागि छनोट भएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्धितीय हुनेलाई रु १५ हजार, तृतीय हुनेलाई रु दश हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजारका दरले पुरस्कार वितरण गरिनेछ । रासस