२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोकोभिचले जिते विम्बल्डनको उपाधि



अ+ अ-

एजेन्सी । सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको उपाधि जितेका छन् ।

आइतबार राती भएको फाइनलमा निक किर्गियसलाई हराउँदै जोकोभिचले विम्बल्डन जितेका हुन् ।

जोकोभिचले समग्रमा २१ औँ पटक एकल ग्रान्डस्लाम जितेका हुन् । उनी पुरुषतर्फ सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने राफेल नाडालको कीर्तिमान बराबरी गर्नबाट एक उपाधिले मात्र टाढा छन् ।

२२ पटक ग्रान्डस्लाम च्याम्पियन बनेका ३७ वर्षीय राफेल नाडाल यसपटक चोटका कारण सेमिफाइनल त्याग्न पुगेका थिए ।

विश्व नम्बर एक जोकोभिचले सुरुवाती एक सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेका हुन् । जोकोभिचले निकमाथि ४–६,६–३,६–४ र ७–६ (७–३) को सेटमा जित निकाले ।

जोकोभिचले हालसम्म अस्ट्रेलियन ओपन ९ पटक, फ्रेन्च ओपन २ पटक, ७ पटक विम्बल्डन र तीनपटक यूएस ओपन जितेका छन् । महिलातर्फको उपाधि काजकिस्तानकी एलिना राइबाकिनाले जितेकी छिन् ।