२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैवाहिक जीवनमा बाँधिए नीता र हरिहर



अ+ अ-

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन् ।

४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले शुक्रबार बिहे गरेका हुन् । उनीहरूको विवाह समारोह दरबारमार्गस्थित याक एण्ड यति होटलमा जारी छ ।

सो वैवाहिक समारोहमा नजिकको आफन्त र परिवारलाई मात्र बोलाइएको छ । फिल्म क्षेत्रबाट रेखा थापा, अनु शाह, सरोज खनाललगायत सहभागी छन् ।

आइतबार साँझ उनीहरु दुबैले पाँच तारे होटलमै रिसेप्सन राखेका छन् । जसमा चलचित्र क्षेत्रका साथै सञ्चारकर्मीहरुलाई समेत बोलाइएको छ ।

तस्बिरः तौवा इभेन्ट्स