२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको छ । 

प्रतिनिधिसभाको आजको दोस्रो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएका ती अध्यादेश सदनको बहुमतले स्वीकृत गरेको हो । 

यसअघि ती अध्यादेश अस्वीकृत गरियोस् भनी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाले प्रस्तुत गर्नुभएको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो ।

नाराबाजीका कारण १५ मिनेट स्थगित भई सुरु भएको दोस्रो बैठक सभामुख अग्निप्रसाद सापकोटाले प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्ष दलका सांसदले रोष्टम घेराउ गर्दै निरन्तर नाराबाजी जारी राखेका थिए ।

सोही नाराबाजीका बीचमा सभामुख सापकोटाले आर्थिक अध्यादेश २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना पेस गर्नुहुने नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललाई बोल्न समय प्रदान गरेसँगै सदनको काम कारबाही अघि बढेको थियो । 

अध्यादेशका बारेमा उठेका प्रश्नको जवाफ दिँदै पूँजी बजारमा गैरकानूनी ढङ्गबाट आफूखुशी मूल्य घटबढ गराउने कुरा सत्य नभएको स्पष्ट पार्दै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा भएको भनिएको अनियमितताको छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी गराउनुभयो ।

सदनमा अध्यादेश पेस र स्वीकृतको क्रम चलिरहँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) बाट निरन्तर नाराबाजी भइरहेको थियो । प्रतिनिधिसभाको दोस्रो बैठक पनि पुनः १५ मिनेटका लागि स्थगित भएको छ ।