२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

संखुवासभा ६ जनाको हत्याकाण्डमा एक जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले संखुवासभा भएको सामुहिक हत्यकाण्डमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको मादी नगरपालिका-१ उम्लिङमा एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले नातामा भतिजा पर्ने उम्लिङकै लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।

गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो। मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ।  प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने भनेको छ। कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए।

प्रहरीले घटना के कसरी र के कारणले भएको भन्नेबारे पनि सार्वजनिक गर्ने जनाएको छ । प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले केही काम बाँकी रहेकाले आइतबार आरोपितलाई सार्वजनिक गर्दा विस्तृतमा खुलाइने बताए। परिवारका ६ जनाकै छुट्टाछुट्टै चार स्थानमा शव फेला परेको थियो।

उनीहरूलाई पालैपालो टाउकोमा प्रहार गरेर हत्या गरिएको थियो। पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा उनीहरूको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’ले भएको खुलेको थियो। पारिवारीक दुश्मनीका कारण घटना भएको प्रहरीले जनाएको छ। मृतकको घरमा रहेको धन सम्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घटना नभएको निष्कर्ष प्रहरीको छ।




भर्खरै