डाँडैमा मेला लागेछ
कसैले पर्खी बसे छ II
कुनै समयको यो चर्चित गीत गाउने बाग्लुङ्गको सांगेतिक स्काई व्याण्ड चर्चाका शिखरमा रहदा रहदै केही सुस्तायो । नेपाल संगीतको क्षेत्रमा लोकपपको शैलीलाई अबलम्वन गर्दे संगीत क्षेत्रमा बर्चश्व राखको समूहको नयाँ नयाँ सृजनाको प्रतिक्षा गरिरहेको भेला व्याण्ड सुस्तायो । तर अब व्याण्डका गायक कविन्द्र श्रेष्ठ फेरी जुर्मुराउदै थालेका छन् ।
संगीत संगै बिभिन्न व्यवसायमा सग्लन गायक श्रेष्ठले भारतीय गायीका सोनु कक्करसंग सहकार्य गर्ने तयारीमा रहेका छन् । बाग्लुङ्ग जन्मथलो रहेका गायक श्रेष्ठले दुई दशक देखीको सांगेतिक यात्रालाई बिषेश योजना सहित अघि बढाउने योजना तय गरेका छन् । जसका लागी उनले हालै उनले बरिष्ठ गीतगार दिनेश अधिकारीको शब्दमा र बरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटाको संगीतमा दुई ओटा गीत ल्याउदैछन् ।
यसै गरी चर्चित भारतीय गायीका सोनु कक्करसँग मिलेर एउटा हिन्दी गीतको पनि तयारी गरेका छन् । श्रेष्ठका अनुसार सोनु संगको गीतको म्युजिक भिडियो पनि संगै र्साजनिक हुने छ जुन भिडियोको छायाकांन भारतमा नै हुने छ । काममा कुनै अबरोध नभए एक महिना भित्र गीत सार्बजनिक गर्ने तयारीमा रहेका गायक श्रेष्ठले आफ्नो ब्याण्डको पुरानो परिचयलाई नै निरन्तरता दिने बताए । नेपाली श्रोता तथगा दर्शकहरुले लोक शैलीलाई निकै मन पराउनु हुन्छ त्यो शैलीलाई त कसरी छाड्न सकिन्छ उनले भने ।
संगीतलाई शौखका रुपमा लिएका गायक श्रेष्ठले आफ्नो परिबारको पृष्ठभूमी पनि सांगेतीक नै रहेको सुनाए । उनले भने सानो छँदा बाजे, बुबाहरुसँग धेरै नजिक थिए , घरमा भजनहरुको हार्मोनियम, तबला, गीतार गुञ्जिरहन्थो जसले गर्दा म बच्चा देखी नै नजानिदो पाराले संगीत प्रति झुकाव बढ्यो । हाल सम्म ९० ओटा जति गीत गाएका श्रेष्ठको ५ ओटा जति भिडियो समेत सार्बजनिक भएका छन् । सन् १९९३ मा स्काई व्याण्डको सुरुवात गर्दा श्रेष्ठको सामू धेरै चुनौति र केही डर पनि थियो तर पारिबारीक बाताबरण पनि सहयोगी भएका कारण मनमिल्ने साथीहरुको समूह तयार पारेर गति अघि बढ्यो ।
बरिष्ठ गायक नारायण गोपाल ,फत्तेमान राजभण्डारी, ओम बिक्रम बिष्टलाई आफ्नो आदर्श मान्ने गायक श्रेष्ठलाई हिमालयन ब्याण्डको प्रस्तुती पनि निकै मन पर्छ । अचेत प्रबिधि फेरिएको छ गीत सुन्ने श्रोतको शैली परिबर्तन भएको छ । टेप रेकर्डमा चक्का हालेर सुन्ने समयमा त त्यती धेरै श्रोता तथा दर्शकले धेरै माया दिनुभयो , त्यो माया त भुलेका छैनौ र उहाँहरुको मायालाई निरास हुन पनि दिदैनौ श्रेष्ठले भने ।
क्यासेटको समयमा एउटै चक्कामा लोकपप, रक, हेभीमेटल, पप, रोमान्टिक जस्ता गीत हुन्थे त्यसमा पनि स्काई ब्याण्डका गीतहरु धेरैजसो लोक पप शैलीका बढी चले । जसका कारण स्काई ब्याण्ड पहिचान नै लोकपप व्याण्ड भोर चिनियो । यो समूहले मायाको आधार, रिमझिम पानी गीत डाँडैमा मेला लागेछ जस्ता हिट गीतहरु गाएर आफ्नो समूहलाई स्थापित गरेको थियो । डाँडैमा मेला लागेछ गीतको शब्द समूहका सदस्यहरु नै मिलेर तयार पारेको सुनाउदै उनले भने सामूहिक मेहनतको प्रतिफल पनि राम्रो निस्कियो । छिन्न भिन्न भएका आफ्नो समूहका गीतहरु लाई एकिकृत गरेर यूटुव च्यानल मार्फत दर्शक तथा श्रोता सम्म पु-याएका छन् ।
नेशनल अवार्ड २०५४ सालमा, २०५४ मै एल्बम अफ द इयरको उपाधी हासिल गरेका स्काई व्याण्डले सर्वाधिक बिक्री हुन सफल एल्बमको सुचिमा समेत आफुलाई स्थापित गरेको थियो । छोटो समयमा लोभलाग्दो सफलता पाएको उल्लेख गर्दे खुशी लाग्यो र नसोचेको कुरा भएकाले एकदमै उत्साहित थियौँ हामी सबैजना । नेपालमा म्युजिक क्षेत्रमा केही गर्न सकिन्छ भन्ने प्रेरणा, हौसला पायौं ।
सो समूहले पहिलो एल्बम २०५०, दोस्रो २०५२, तेस्रो २०५४, चौथो २०५६, पाँचौँ २०५८ मा निकालेकाे थियो भने एउटा गीतहरुको संग्रह पनि सार्बजनिक ग-यो । तर व्याण्डका सदस्यहरु आ – आफ्नो काममा व्यस्त हुदा सांगेतीक क्षेत्र सुस्तायो त्यही बिचमा पनि श्रेष्ठले २ ओटा गीत तयार पारे र हालै बिस्तारै व्याण्डलाई ब्युताउने सुरमा छन् ।