२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब उडिरहेका भँगेराहरु आकाशबाट रहस्यमय तरिकाले खसेर मर्न थाले



अ+ अ-

काठमाडौं । इण्डोनेसियाको बालीमा एक अनौठो घटना घटेको छ । त्यहाँका एक स्थानीयले असंख्य रुपमा मरेका भँगेराहरु फेला पारेका छन् । 

उनले आकाशमा उडिरहेका भँगेरा चराहरु अचानक रहस्यमय तरिकाले भुइँमा खसेर भुइँमा मरेका भँगेराहरुको थुप्रो लागेको भेटेका हुन् ।

मरेका भँगेराहरु इण्डोनेसियाको एक चिहानघाटमा खसेका थिए । ती भँगेराहरु बालीको गियानयारमा एक चिहानघाटमा थुप्रो लागेका थिए ।

द सनको रिपोर्टअनुसार सुरुमा स्थानीय अधिकारीहरुले यी चराहरु मर्नुको कारण मौसममा खराबी आउनु र सम्भवतः अम्लीय वर्षा हुन सक्ने बताएका थिए । 

शनिबार भने स्थानीय प्रशासनले अर्को एक वक्तव्य जारी गर्दै यी चराहरु मर्नुको कारण कीटनाशक भएको बताएको छ । 

यी मरेका चराहरु फेला परेको केही समयमै इण्डोनेसियाको प्राकृतिक संसाधन संरक्षण केन्द्र (बीकेएसडिए) ले यस क्षेत्रमा यस्तो घटना पहिलो पटक भएको बताएको थियो । केन्द्रले वर्षामा ठूलो मात्रामा अम्ल भएको हुन सक्ने अनुमान गरेको छ ।