१७ असार २०८३, बुधबार
,
Latest
विदेशस्थित जनसम्पर्क समितिलाई कांग्रेस निर्वाचन समितिको निर्देशन, प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्नुपर्ने पेट्रोलियम पदार्थ सस्तो भएपछि सुरक्षा निकायका पम्पमा उपभोक्ताको भीड, निजी पम्प बन्द ‘एक घर, एक धारा’ अभियान: गण्डकीका ६६ प्रतिशत घरधुरी लाभान्वित लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धि संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित महिला तथा बालिकामाथि हुने लैंगिक हिंसा रोकथामको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छः मन्त्री… नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा राष्ट्रियसभा अध्यक्षको सरकारलाई रुलिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ख्वपया निवा शाक्य तय्गु इतिहास’ पुस्तक सार्वजनिक



अ+ अ-

भक्तपुर । आरती गुठी निवा सङ्घका अध्यक्ष संघरत्न शाक्यद्वारा लिखित भक्तपुरको ४०० वर्षअघिको इतिहास समेटिएको ‘ख्वपया निवा शाक्य तय्गु इतिहास’ (भक्तपुरका निवा शाक्यको इतिहास) नामक पुस्तक सार्वजनिक गरिएको हो ।

भक्तपुरका प्राध्यापक सुवर्ण शाक्यले पुस्तक विमोचान गर्दै पुस्तकमा समेटिएका विषय वस्तुले इतिहासलाई जीवित बनाएको चर्चा गर्नुभयो । कार्यक्रममा लेखक शाक्यले भक्तपुरका प्रसिद्ध सुनका गजुर, मूर्ति, स्वर्णद्वारलगायत निर्माणमा निवा शाक्यको भूमिका र योगदान महत्वपूर्ण रहेको ४०० वर्ष अगाडिका विषय पुस्तकमा समेटिएको बताउनुभयो ।

कार्यक्रममा त्रिरत्न शाक्य, प्रा सिद्धिरत्न शाक्य, साहित्यकार तिलकप्रकाश कायस्थ, बौद्ध विद्वान रत्नसुन्दर शाक्यलगायतले भक्तपुरको लुकेको इतिहास उजागर गर्न र राजा महाराजाहरुको मात्र नभई कामदारहरुको समेत इतिहासबारे बुझ्न पुस्तकले सघाउ पु¥याउने बताउनुभयो । पुस्तकमा मल्लकालीन राजा विश्व मल्लदेखि रणजीत मल्लसम्मको इतिहास समेटिएको छ । 




भर्खरै