२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा तालिबान प्रदर्शनमा चारको मृत्यु : राष्ट्रसङ्घ



अ+ अ-

संयुक्त राष्ट्रसङ्घ । अफगानिस्तानमा अहिले पनि तालिबानको विरोध गर्दै प्रदर्शन भइरहेको बताइएको छ । ती प्रदर्शनमा केही मानिस हताहत भएका समाचारमा जनाइएको छ । 

यस्तै तालिबान विरोधी प्रदर्शनका क्रममा शनिबार मात्र पनि चार जनाको मृत्यु भएको बताइएको छ । राजधानी काबुलमा भेला भएका मानिसमाथि तालिबानीले बल प्रयोग गरेर दमन गरेको बताइएको छ । 

सो दमनमा परी चार जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सो कार्यको राष्ट्रसङ्घले विरोध पनि गरेको छ ।

राष्ट्रसङ्घका अधिकारीका अनुसार तालिबानका विरुद्धमा राजधानी काबुलमा भएका विरोध प्रदर्शनमा पछिल्ला प्रदर्शनमा चार जनाको मृत्यु भइसकेको छ । 

झन्डै एक महिनाअघि राजधानी काबुल तालिबानको नियन्त्रणमा पुगेपछि अफगानिस्तानका विभिन्न स्थानमा महिला अधिकार र स्वतन्त्रताका पक्षमा प्रदर्शन भइरहेका छन् ।

ती प्रदर्शनकारीहरुमाथि तालिबानहरुले बल प्रयोग गर्ने गरेका छन् । तालिबानी लडाकूले कोर्रा हानेर मानिसलाई धपाउने र गोली प्रहारसमेत गर्ने गरेका बताइएको छ । 

राष्ट्रसङ्घले नागरिकको शान्तिपूर्णरुपमा भेला हुन पाउने अधिकार प्रयोग गर्न दिन आग्रह पनि गरेको छ । नागरिकले शान्तिपूर्णरुपमा भेला भएर आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै त्यसका विरुद्ध बल प्रयोग गरेर नागरिकको हत्या गर्नु अपराध भएको राष्ट्रसङ्घले जनाएको छ । (रासस-सिन्ह्वा)