१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको जिसस अध्यक्षमा एमालेका अधिकारी विजयी



अ+ अ-

चितवन । जिल्ला समन्वय समिति चितवनको अध्यक्ष पदमा नेकपा एमालेका नारायणप्रसाद अधिकारी विजयी भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका दुवै उम्मेद्वारको समान मतगणना भएपछि गोलाप्रथा गरिँदा अधिकारी विजयी भएका हुन् ।

मंगलबार भएको निर्वाचनमा मतदान हुँदा अधिकारी र गठबन्धनका उम्मेदवार पूर्णबहादुर रानाभाटले बराबर मत प्राप्त गरेका थिए । १४ जनाले मतदान गर्दा ७/७ भोट आएपछि गोलाप्रथाबाट अधिकारी निर्वाचित भएका हुन् ।

एमाले बागमती प्रदेश कमिटी सदस्य रहेका अधिकारी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा इच्छाकामना– ३ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । जिसस चितवनको उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भएकी थिइन् ।