२० आश्विन २०८१, आईतवार
,
Latest
विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा प्रधानमन्त्री उद्धार कोषमा एमालेको पचास लाख हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाका १५ पालिकालाई रु सात अर्बभन्दा बढी अनुदान



अ+ अ-

झापा । सङ्घीय सरकारमार्फत झापाका १५ पालिकालाई रु सात अर्ब ३१ करोड ८६ लाखको बजेट विनियोजन भएको छ । संघीय सरकारको आर्थिक वर्ष २०७९/८० विनियोजित बजेटबाट जिल्लाका आठ नगरपालिकालाई रु चार अर्ब ९६ करोड चार लाख र सात गाउँपालिकालाई दुई रु अर्ब ६२ करोड ८२ लाख रकम विनियोजन गरिएको हो ।

समपूरक अनुदानमा सबैभन्दा बढी रकम मेचीनगर नगरपालिकालाई प्राप्त भएको छ । भौगोलिक र जनसङ्ख्याका हिसाबले सबैभन्दा ठूलो र पूर्वी भारतसँग सीमा जोडिएको मेचीनगरका लागि सबैभन्दा बढी रु ८३ करोड ५८ लाख बजेट विनियोजन भएकोे छ । नगरपालिकामा सबैभन्दा थोरै अर्थात् रु ३५ करोड ७६ लाख कनकाई नगरपालिकामा विनियोजित भएको छ ।

यसैगरी अर्जुनधारा नगरपालिकाको रु ४९ करोड ४२ लाख, गौरादहलाई रु ५० करोड ९७ लाख, दमकलाई रु ७१ करोड ५१ लाख, बिर्तामोडका लागि रु ७० करोड ७९ लाख, भद्रपुरका लागि रु ४९ करोड ८७ लाख र शिवसताक्षी नगरपालिकाका लागि रु ५७ करोड १४ लाख विनियोजन भएको छ ।

सात गाउँपालिकामध्ये सबैभन्दा बढी रकम कमल गाउँपालिकालाई परेको छ । कमललाई रु ४७ करोड, २४ लाख विनियोजन भएको छ । कचनकवलका लागि रु ३८ करोड ३६ लाख, कमलका लागि रु ४७ करोड २४ लाख, गौरीगञ्जका लागि रु ३२ करोड ६९ लाख, झापाका लागि रु ३७ करोड छ लाख, बाह्रदशीका लागि रु ३७ करोड ३३ लाख र बुद्धशान्ती गाउँपालिकाका लागि रु ३९ करोड १५ लाख रकम बजेट विनियोजन भएको छ ।




भर्खरै