२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाँगुनारायणले नगरवासीलाई निःशुल्क रगत र रक्तदातालाई प्रोत्साहन रकम दिने



अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने घोषणा गरेको छ ।

नगर प्रमुख जीवज खत्रीको अध्यक्षतामा बसेको पहिलो कार्यपालिकाको बैठकले नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकलाई आगामी साउन १ गतेदेखि उपचारको क्रममा रगतको आवश्यक परेमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शखामार्फत निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको हो ।

नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याउने निर्णय गरिएको जानकारी दिँदै नगर प्रमुख खत्रीले रक्तदातालाई प्रोत्साहन गर्न नगरपालिकाले रक्तदातालाई दिँदै आएको रु ५० लाई वृद्धि गरी १०० रुपैयाँ दिने निर्णयसमेत गरेको जानकारी दिनुभयो ।

त्यस्तै नगरपालिकामा राजस्व परामर्श समिति, योजना अनुगमन समिति र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति गठन गरिएकोे छ ।