७ श्रावण २०८३, बिहीबार
,
Latest
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानलाई हराउँदै नवप्रवेशी गुजरातले जित्यो आईपीएलको उपाधि



अ+ अ-

एजेन्सी । नवप्रवेशी टोली गुजरात टाइटन्सले आईपीएल टी–२० लिगको १५ औं सिजनको उपाधि जितेको छ ।

गुजरातले आईपीएल २०२२ को फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो । हार्दिक पाण्ड्याको कप्तानीमा गुजरातको टोलीले राजस्थानले दिएको १३१ रनको लक्ष्यलाई १८.१ ओभरमा पछ्याउँदै जित दर्ता गरेको हो ।

गुजरातका लागि शुभमन गिलले ४३ बलमा ४५ रन बनाएर अविजित रहे । यस्तै, टोलीका कप्तान हार्दिक पाण्ड्याले अलराउन्ड प्रदर्शन गर्दै ३० बलमा ३४ रन बनाए र तीन विकेट पनि लिए ।

राजस्थानले दिएको १३१ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सको सुरुवात राम्रो हुन सकेन । दोस्रो ओभरमा ऋद्धिमान साहाले पाँच रन बनाए । उनलाई प्रसिद्ध कृष्णले बोल्ड गरे । म्याथ्यु वेडले पनि आठ रन बनाएर आउट भए । बोल्टको बलमा रियान परागको हातबाट उनी क्याच आउट भए । पाँचौं ओभरमा २३ रनमा दुई विकेट गुमाएको गुजरात संकटमा परेको थियो तर कप्तान हार्दिक पाण्ड्या र शुभमन गिलले तेस्रो विकेटका लागि बलियो साझेदारी गरे । दुवैले ५३ बलमा ६३ रन जोडे । तर १४ औं ओभरमा युजवेन्द्र चहलको बलमा हार्दिकलाई यशस्वीले क्याच आउट गरे । उनले ३० बलमा ३४ रन बनाए ।

त्यसपछि डेभिड मिलर र शुभमन गिलले इनिङ्सलाई अगाडि बढाए र २९ बलमा ४७ रनको अतुलनीय साझेदारी गरे । गिलले ४३ बलमा ४५ रन र मिलरले १९ बलमा ३२ रन बनाएर अविजित रहँदै टोलीलाई जित दिलाए ।

यसअघि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनले टस जितेर ब्याटिङ रोजेका थिए । तर, राजस्थानको सुरुवात खास भएन र यशस्वी जैसवाल चौथो ओभरमा १६ बलमा २२ रन बनाएर पेभिलियन फर्किए । सामसन र जोस बटलरले मिलेर इनिङ्सलाई अगाडि बढाउने प्रयास गरे तर राजस्थानका कप्तान सञ्जु पनि ११ बलमा १४ रन बनाएर आउट भए ।

देवदत्त पडिक्कलले टोलीको जिम्मा लिने अपेक्षा गरिएको थियो तर उनले पनि निकै सुस्त पारी खेले । उनले १० बलमा मात्र दुई रन बनाए । उनी रासिदबाट आउट भए । यसपछि शिम्रोन हेटमायर ११ रन, रविचन्द्रन अश्विन ६ रन जोड्दै केही गर्न सकेनन् र सस्तोमा पेभिलियन फर्किए । यस्तै रियान परागले पनि १५ रन बनाए भने ट्रेन्ट बोल्टले सात बलमा ११ रन बनाए । राजस्थानको टोलीले १३० रन मात्र बनाउन सक्यो ।