१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८/०७९’ पेश, अर्को बैठक आजै साँझ साँढे ६ बजे बस्ने



file
अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रियसभामा ‘आर्थिक सर्वेक्षण २०७८/०७९’ पेश गरेको छ ।

आईतबार बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो आर्थिक सर्वेक्षण पेश गर्नु भएको हो । यसअघि बैठकले सांसदहरु अनिता देवकोटा, देवेन्द्र दाहाल, गोपीबहादुर सार्की अछामी, मदनकुमारी साह गरिमा, प्रमिला कुमारी र शेखर कुमार सिंह रहनु भएको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति पुनर्गठन गरेको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो कार्यव्यवस्था परामर्श समिति पुनर्गठनका लागि प्रस्ताव गर्नु भएका सांसदहरुको नामावलीमा बैठकले सहमती जनाएको हो । बैठकमा अध्यक्ष तिमिल्सिनाले भन्नु भयो,

‘राष्ट्रियसभा नियमावली २०७५ को नियम १३ बमोजिम राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिलाई देहाय बमोजिम पुनर्गठन गरेको छु । माननीय अनिता देवकोटा, माननीय देवेन्द्र दाहाल, माननीय गोपीबहादुर सार्की अछामी, माननीय मदनकुमारी साह गरिमा, माननीय प्रमिला कुमारी, माननीय शेखर कुमार सिंह । प्रस्तावित नामहरुलाई सहमती जनाई दिन अनुरोध गर्दछु । प्रस्तावित नामहरु सभाबाट सहमती प्राप्त भएको घोषणा गर्दछु । अव म माननीय अर्थमन्त्रीको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मालाई आर्थिक सर्वेक्षण २०७८/०७९ सभा समक्ष गर्न अनुमति दिन्छु ।’

राष्ट्रियसभाको अर्को बैठक आजै साँझ साँढे ६ बजेका लागि बोलाइएको छ ।