२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारभित्रको आत्महत्या प्रकरणमा छानविन समिति गठन



अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले यही जेठ ४ गते कारागार कार्यालय रोल्पाका बन्दी सुन्दर हरिजनको आत्महत्या घटनाको छानविन गर्न समिति गठन गरेको छ ।

कारागार व्यवस्थापन विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।

मन्त्रालयले उक्त घटना कसरी घटेको हो र सो सम्बन्धमा के कसो भएको हो भनी स्थलगतरुपमा अध्ययन, अनुसन्धान र छानविन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देश गरेको छ । समितिको प्रतिवेदन पश्चात घटनाको सत्यतथ्य उजागर हुने र भविष्यमा यस्ता घटना हुन नदिन सुधारका उपाय अबलम्बन गरिने मन्त्रालयले जनाएको छ ।