९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

ओलीमाथि खनिए प्रचण्डः पार्टीभित्रको विवाद समाधान गर्न नसकेर संसद् विघटन गर्न पाइन्छ ?

ओलीमाथि खनिए प्रचण्डः पार्टीभित्रको विवाद समाधान गर्न नसकेर संसद् विघटन गर्न पाइन्छ ?
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सम्बद्र्धन एवम् उन्नयन गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उहाँले नीति कार्यक्रममा अपुग भएका विषयलाई प्रधानमन्त्रीले सम्बोधनका क्रममा समेट्नुहुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

राजनीतिक दलकाबीचमा साझा धारणा निर्माण गरी सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय समस्या समाधानका लागि पनि सबै राजनीतिक दलबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । एक अर्कालाई दोषारोपण गरेर मात्रै समस्याको समाधान नहुने उल्लेख गर्दै उहाँले मुलुकको समस्या समाधानका लागि साझा प्रयास, संकल्प आवश्यक रहेको उल्लेख गर्नुभयो ।

“देशको विद्यमान समस्या समाधान गर्नका लागि एकै ठाँउमा उभिनुपर्ने बेला राजनीतिक दल एक आपसमा घोचपेच गर्ने, दोषारोपण गर्नेतर्फ लागेकामा मलाई चिन्ता लागेको छ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा कुन राजनीतिक दलको सिट कति बढ्यो वा घट्यो भन्दा पनि संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढ्यो वा बढेन भन्ने विषय नै यतिबेलाको प्रमुख विषय हो ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्ने सन्दर्भमा स्थानीय तहको निर्वाचनले संविधान मिच्न चाहने प्रवृत्तिलाई राम्रो जवाफ दिएको उल्लेख गर्दै उहाँले संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई जोगाउन जुनस्तरको तत्परता देखाप¥यो त्यसले सहज वातावरण बनाएको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचन एकै चरणमा नै सफल बनाउन लाग्ने सरकार, राजनीतिक दल, मतदाता एवम् सबै वर्ग, समूह तथा नागरिक समाजलाई धन्यवाद दिनुभयो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक रुपमा लज्जास्पद हार भएको संश्लेषण गर्ने, अनि संसद्मा आएर सरकार र गठबन्धनले जबरजस्ती ग¥यो भनेर गरेको टिप्पणी तर्कसंगत नभएको अध्यक्ष दाहालको भनाइ छ । मतगणना सम्पन्न हुँदै गएपछि सरकारलाई धारे हात लगाउनुको कुनै पनि अर्थ नभएको उहाँको भनाइ छ ।

संविधान निर्माण भएपछि राजनीतिक स्थायित्व होओस् भनेर वामगठबन्धन हुँदै एउटै कम्युनिष्ट पार्टी बनाउने पहलकदमी लिएको तथ्य पेश गर्दै उहाँले झण्डै दुईतिहाई जनमत प्राप्त भएको पार्टीलाई के कारणले बचाउन सकिएन भन्ने प्रश्नको जवाफ इतिहासले खोज्ने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “जसको सहयोगमा दुईदुई पटक प्रधानमन्त्री बन्यो, उसैलाई अर्काको वैशाखी टेकेको भनेर टिप्पणी गर्न कसरी सुहाउँछ । अघिल्लो सरकार एमालेको थियो भनेर कसरी भन्न सकिन्छ ।”

माओवादी केन्द्रको सहयोगमा नै उहाँ (केपी ओली) दुईदुई पटक प्रधानमन्त्री बन्नुभएको तथ्य नबिर्सन आग्रह गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “तपाईं माओवादी केन्द्रको वैशाखी टेकेर नै दुईदुई पटक प्रधानमन्त्री बन्नुभएको होइन ?” प्रतिपक्षी दलका नेता दम्भ, अहंकारबाट पछि हट्न नसकेको आफूले पाएको उल्लेख गर्दै उहाँले आजको परिस्थिति कसले बनायो ? त्यसको जिम्मेवारी कसले लिने भनी प्रश्न गर्नुभयो ।

एउटा शक्तिका साथ माओवादी एमाले अध्यक्ष ओलीसँग बहस गर्न तयार रहेको उल्लेख गर्दै उहाँले सरकारको नीति तथा कार्यक्रममाथि उहाँ (ओली)ले गरेको टिप्पणीमा नै विरोधाभाष रहेको बताउनुभयो । “नीति कार्यक्रम गतिहीन छ भनेर पनि भन्ने, अनि एमाले सरकारले ल्याएको नीति कार्यक्रम सारेर ल्याइयो पनि भन्ने ? प्रतिपक्ष दलको नेताले राख्नुभएको विषय विरोधाभाष छैन र ?”, उहाँले भन्नुभयो ।

शान्ति प्रक्रिया र संविधानसभामार्फत अगाडि बढेको राजनीतिक प्रक्रियामा आफूहरु सहभागी हुँदै आइरहेको तथ्य पेश गर्दै उहाँले शान्ति सम्झौतालाई अपमान गर्ने काम कोही कसैले पनि गर्न नहुने बताउनुभयो । “एकले अर्कोलाई अपमानित गर्ने, निषेध गर्ने तरिकाले लियौँ भने यो राजनीतिक प्रणालीमार्फत नेपाली जनतालाई दिन खोजेको कुरा दिन नसकिँदैन”, उहाँले भन्नुभयो ।

तत्कालीन नेकपाको सरकार र पार्टीभित्र हुनथालेको जनविरोधी गतिविधिका विरुद्ध आफूहरुले प्रश्न उठाएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “विगतमा सरकारको नीति तथा कार्यक्रम जनपक्षीय भएन भनेर टिप्पणी गरिएको, नेकपाकै सांसदले प्रश्न उठाउनुभएको होइन ? जनताको पक्षमा नभएको भनिएको होइन ? निर्वाचनका बेला जारी गरिएको घोषणापत्रअनुसार बजेट र नीति कार्यक्रम आए त ?”

संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर, पार्टीभित्र भएको विवादलाई समाधान नगरेर जनप्रतिनिधिमूलक संस्थाको विघटन गरिएको होइन ? भन्ने प्रश्न गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “पार्टीभित्रको विवाद समाधान गर्न नसकेर संसद् विघटन गर्न पाइन्छ ?” नेकपाभित्र चलेको वैचारिक बहसलाई विधिसम्मत तरिकाले हल गरिएको भए मुलुकले यो अवस्था व्यहोर्नु नपर्ने उहाँको भनाइ थियो ।

संविधान र मुलुकलाई दुर्घटनामा जानबाट रोक्ने उद्देश्यले वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै उहाँले गठबन्धनलाई बलियो बनाउने र प्रतिगामीलाई निर्वाचनमार्फत पररास्त गर्न जनतासमक्ष गरिएको अपिल धम्कीका रुपमा लिन नहुने बताउनभुयो । देश, जनताको आवश्यकतालाई सम्बोधन गर्न, मूल्यवृद्धि तथा आर्थिक संकट समाधान गर्न सबै वर्ग तथा क्षेत्र र राजनीतिक दलले सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले काठमाडौँको प्रमुख र धरानको प्रमुख साँचो अर्थमा स्वतन्त्ररुपमा स्थानीय तहको निर्वाचनमा सफल भएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा जुन विचार र संकल्पसहित जनतामा प्रस्तुत हुनुभयो, त्यसलाई विशिष्ट मान्नुपर्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा थप दुई नयाँ फूल थपिएको म ठान्छु ।” यसले राजनीतिक दलले उम्मेदवार छनोट गर्ने विषयमा ध्यान दिनुपर्ने र राजनीतिक दल मात्रै पूर्ण छौँ भनेर सोच्न नहुने र सचेत हुनका लागि एउटा अवसर प्रदान गरेको बताउनुभयो ।

अध्यक्ष दाहालले पेट्रोलियम पदार्थमा लगाइएको कर हटाएर भए पनि जनतालाई राहत दिन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिसकेको सदनलाई जानकारी दिनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रमले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, ऊर्जालगायतका विषयमा प्राथमिकता दिएकाले सही मार्गमा डोहोरिएको बताउनुभयो ।

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने नीति कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिँदै उहाँले दक्षिण छिमेकी मुलुकले केही खाद्यान्न निर्यातमा रोक लगाएका अवस्थालाई अवसरका रुपमा लिनुपर्ने बताउनुभयो । “नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि के कस्ता नीति बनाउनुपर्ने, के कस्तो मेहनत गर्नुपर्ने अब गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।”