© 2023
काठमाडौँ । सर्वोच्च बार एशोसिएसनले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्चबारले अध्यादेशबारे आपत्ति जनाएको हो । काम चलाउ सरकारले कानुन नै संसोधन गर्ने गरी अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्ने गरि ल्याएको अध्यादेशले संवैधानिक सर्वोच्चता, विधिको शासन समेतको उपहास गरेको बारको टीप्पणी छ ।