© 2023
काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले मनोनयन दर्ता गराएका छन् । विराटनगर स्थित निर्वाचन आयोगको कार्यालयमा उनले मनोनयन दर्ता गराएका हुन् । कांग्रेसको महामन्त्री समेत भइसकेका सिटौला गएको निर्वाचनमा भने राप्रपाका राजेन्द्र लिङ्देनसँग झापा क्षेत्र नम्बर ३ मा पराजित भएका थिए ।