१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानविरुद्धको मुद्धामा अन्तरिम आदेश जारी भएन



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर  रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमाले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

प्रधानन्यायाधीश राणाको इजलासले घिसिङलाई नियुक्ति गर्नुपर्ने कारण देखाउ आदेश जारी गरेको छ । 

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङ नियुक्ति बदरको माग गर्दै  साउन ३२ गते  सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । 

पटक पटक पेशीमा रहेपनि हेर्न नभ्याईएको भन्दै रिट माथी सुनुवाई भएको थिएन । 

रिटमा शाक्यले गैरकानूनी रुपमा आफूलाई  प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै घिसिङको नियुक्ति बदर गरी आफूलाई यथावत राख्नु  माग गर्नुभएको छ ।