९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १६.३२ अंकले वृद्धि



अ+ अ-

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक मंगलवार दोहोरो अंकले वृद्धि भएको छ ।

पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से मंगलवार १६.३२ अंकले बढेर २२१७.१९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.६२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३ अंकले बढेको छ ।

मंगलवार कारोबारमा आएका २२४ कम्पनीको ३१ लाख ७३० कित्ता सेयर १ अर्ब ८ करोड ८८ लाख ३३२ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचक वृद्धि भए पनि सोमवारको तुलनामा मंगलवार कारोबार रकम गिरावट आएको छ । सोमवार १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढेको छ भने व्यापार र म्यूचअफ फण्डको सूचकमा गिरावट आएको छ । मंगरवार सबैभन्दा धेरै जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशत बढेको छ । विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । तर , म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२५ प्रतिशत घटेको छ भने व्यापार उपसमूहको परिसूचक ०.१७ प्रतिशत घटेको छ ।

कारोबारमा आएका कम्पनीमध्ये सबैभन्दा बढी लक्ष्मी लघुवित्तको शेयरमूल्य करिव ६ प्रतिशत बढेको छ । त्यस्तै,अपर तामाकोशीको शेयरमूल्य ५.५८ प्रतिशत बढेको छ । तर यता कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य ५.३९ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा ४ करोड ८४ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री गरेर एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको पहिलो स्थानमा रहेको छ । अपर तामाकोशीको ४ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।