१० मंसिर २०८१, सोमबार
,
Latest
एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानलाई प्रधानमन्त्रीको निर्देशन प्रेमी सायुज्यसँग विवाह गर्दै स्मिता मेगा अक्सनको पहिलो दिन कप्तानको सबैभन्दा बढी माग, ४ कप्तान किन्न ८३.५० करोड खर्च चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार एनपिएलले नेपालका पर्यटन र युवा प्रतिभालाई उजगार गर्नेछ: प्रधानमन्त्री आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १६.३२ अंकले वृद्धि



अ+ अ-

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक मंगलवार दोहोरो अंकले वृद्धि भएको छ ।

पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से मंगलवार १६.३२ अंकले बढेर २२१७.१९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.६२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३ अंकले बढेको छ ।

मंगलवार कारोबारमा आएका २२४ कम्पनीको ३१ लाख ७३० कित्ता सेयर १ अर्ब ८ करोड ८८ लाख ३३२ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचक वृद्धि भए पनि सोमवारको तुलनामा मंगलवार कारोबार रकम गिरावट आएको छ । सोमवार १ अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढेको छ भने व्यापार र म्यूचअफ फण्डको सूचकमा गिरावट आएको छ । मंगरवार सबैभन्दा धेरै जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशत बढेको छ । विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । तर , म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२५ प्रतिशत घटेको छ भने व्यापार उपसमूहको परिसूचक ०.१७ प्रतिशत घटेको छ ।

कारोबारमा आएका कम्पनीमध्ये सबैभन्दा बढी लक्ष्मी लघुवित्तको शेयरमूल्य करिव ६ प्रतिशत बढेको छ । त्यस्तै,अपर तामाकोशीको शेयरमूल्य ५.५८ प्रतिशत बढेको छ । तर यता कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य ५.३९ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा ४ करोड ८४ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री गरेर एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको पहिलो स्थानमा रहेको छ । अपर तामाकोशीको ४ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।