१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं १ मा थप ३७३ जनामा कोरोना सङ्क्रमण



अ+ अ-

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३७३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

सो अवधिमा पीसीआर परीक्षणका आधारमा मोरङमा १०५ मध्ये विराटनगरमा ६४, झापामा ८९, सुनसरीमा ६७, इलाममा आठ, धनकुटा, पाँचथर, उदयपुर र सङ्खुवासभामा एक÷एक तथा प्रदेश बाहिरका चार जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
    
सो अवधिमा एक हजार ३२१ को पीसीआर परीक्षण गर्दा २८१ र ३४५ को एन्टिजेन परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८३ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८३ महिला र १४२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।